२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्बोडियामा १ टनभन्दा बढी अवैध लागुऔषध बरामद



अ+ अ-

नोम पेन्ह । उत्तरपश्चिमी कम्बोडियाको प्रेह विहेर प्रान्तको सैन्य प्रहरीले छिमेकी देशबाट तस्करी गरिएको १.०२ टन अवैध लागुऔषध बरामद गरेको छ ।

प्रेह विहेर प्रान्तीय सैन्य प्रहरीका प्रमुख ब्रिगेडियर जेनेल काङ साओकुनले जनवरी २० को राति चे सेन जिल्लामा छाडिएको एसयूभी कारमा उक्त परिमाणको लागुऔषध भेला पारिएको बताउनु भएको छ ।

उहाँले छिमेकी मुलुकबाट सीमा पार गरेर लागुऔषध ओसारपसार गर्ने शंकास्पद व्यक्तिहरू उक्त क्षेत्रमा गस्तीमा रहेका प्रान्तीय सैनिक प्रहरी अधिकारीले देखेपछि कार छाडेर नजिकैको जङ्गलमा भागेको पनि उहाँले जानकारी दिनु भएको छ।

‘कुल १ हजार २० किलोग्राम क्रिस्टल मेथाम्फेटामाइन बरामद गरिएको छ र हामी संदिग्ध (हरू) को खोजी गरिरहेका छौं,’ उहाँले सिन्ह्वालाई भन्नुभयो।

सन् २०२३ को जनवरीदेखि डिसेम्बरसम्मको कारबाहीका क्रममा लागुऔषध संदिग्ध कारोबारीहरूको कब्जाबाट कुल २.९७ टन सबै प्रकारका अवैध लागुऔषध बरामद गरिएको प्रतिवेदनले जनाएको छ।

बरामद लागुऔषधमा हेरोइन, एक्स्टेसी, केटामाइन, निमेटजेपाम, कोकिन, क्रिस्टल मेथाम्फेटामाइन, मेथाम्फेटामाइन चक्की, क्याथिनोन लगायतका लागुऔषध रहेका छन् । यहाँ अवैध लागुऔषध तस्करलाई मृत्युदण्डको सजाय छैन तर ८० ग्रामभन्दा बढी अवैध लागुऔषध ओसारपसारमा दोषी पाइएमा आजीवन कैद सजाय हुनसक्ने प्रावधान छ।