२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

अयोध्या प्रस्थान गरे अमिताभ बच्चन



अ+ अ-

एजेन्सी । आज जनवरी २२ मा श्रीरामको नगरी अयोध्यामा भव्य समारोहका बीच रामललाको मूर्तिको अभिषेक हुँदैछ । बलिउडका धेरै ठूला सेलिब्रेटीहरू अयोध्यामा यो ऐतिहासिक क्षणको साक्षी हुनेछन् ।

कोही अयोध्या पुगेका छन् त कोही आज त्यसतर्फ जाँदै छन् । शताब्दीका महानायक अमिताभ बच्चन रामलालाको अभिषेक समारोहमा सहभागी हुन अयोध्या प्रस्थान गरेका छन् ।

अमिताभ बच्चन सेतो कुर्ता पजामा लगाएर अयोध्या जाँदै गरेको देखियो । यससँगै उनले घाँटीमा मफलर लगाएका थिए ।

अमिताभ बच्चन बाहेक कट्रिना कैफ, विक्की कौशल, आलिया भट्ट र रणवीर कपुर, ज्याकी श्राफ, माधुरी दीक्षित लगायत धेरै सेलिब्रेटीहरू एयरपोर्टबाट अयोध्या प्रस्थान गरेका छन् । यस क्रममा सबै स्टारहरु रामलालाको भक्तिमा मग्न देखिएका छन् । पारम्परिक लुकमा सबै स्टारहरु निकै राम्रो देखिएका छन् ।