२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरमा बढे करदाता



अ+ अ-

काठमाडौँ । पछिल्लो समय काठमाडौँ महानगरपालिकामा करदाताको सङ्ख्या बढेको छ । गत आर्थिक वर्षमा तीन लाख २४ हजार एक सय २० करदाता रहेकामा चालु आवमा तीन लाख ४३ हजार तीन सय ४० पुगेको कामपा राजस्व विभागका प्रमुख धु्रव काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार ३५ हजार ५७ बहाल करदाता, ३१ हजार नौ सय १६ व्यवसाय करदाता र ५२ हजार चार सय ८६ सम्पत्ति करदाता रहेका छन् । अन्य शीर्षकमा पनि करदाता बढ्ेका छन् । यसवर्ष करदाताको सङ्ख्या तीन लाख ४३ हजार तीन सय ४० पुगेको छ ।

“गत आवको अन्त्यसम्ममा कर तिरेका करदाताको सङ्ख्यालाई चालु आवका लागि करदाताको सङ्ख्या मान्ने गरिएको छ”, काफ्लेले भन्नुभयो । उल्लेखित करदातामध्ये अहिलेसम्मा एक लाख ९१ हजार आठ सय ८६ कर तिर्नेको सङ्ख्या रहेको भन्दै एक लाख ३२ हजार दुई सय ३४ कर नतिर्ने रहेका उहाँले जानकारी दिनुभयो ।

करदाता बढेपछि कामपामा उलेख्य रुपमा कर सङ्कलन भएको छ । चालु आवको अर्धवार्षिक अवधिमा करिब रू पाँच अर्ब राजस्व सङ्कलन भएको काफ्लेले जानकारी दिनुभयो ।

कामपाको प्रमुख बालेन्द्र शाहले नेपालको संविधान २०७२ को अनुसूची ८ को क्रमसङ्ख्या ४, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ३ अनुसूची ३ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५७ को व्यवस्था बमोजिम बहाल कर सङ्कलन गर्ने पालिकाको मात्र अधिकार रहेको उल्लेख गर्दै यसअघि सङ्घ सरकारबाट सङ्कलन हुँदै आएको यस शीर्षकको कर स्थानीय सरकारबाट उठाउने बताउँदै आउनुभएको छ ।

कामपाले गत फागुन ३ मा ‘घरबहाल व्यवस्था निर्देशिका, २०७९’ जारी गरिसकेको छ । निर्देशिका अनुसार कुनै पनि घरधनीले घरभाडामा लगाउँदा वा घरखाली गराएको बारे सूचना सात दिनभित्र वडा कार्यलयमा दिनुपर्दछ । लिखित सम्झौताको एकप्रति सम्बन्धित वडा कार्यालय, एकप्रति घरधनी र अर्को एकप्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा व्यवस्था गरिएको छ ।

सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य र अभिवृद्धिसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको छ । निर्देशिका जारी भएसँगै करदाता बढेको कामपाले जनाएको छ ।