१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

‘सजिलो छैन विदेश, नछोड्नु भो आफ्नो देश’

‘सजिलो छैन विदेश, नछोड्नु भो आफ्नो देश’
फाईल फोटो
अ अ+ अ-

‘हातका मैला, सुनका थौला के गर्नु धनले ?
साग र सिस्नु खाएको वेश आनन्दी मनले ।’

महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘मुनामदन’ खण्डकाव्यमा रुपक अलङ्कारमार्फत धन कमाउन भोट जान लागेका मदनलाई पत्नी मुनाको मुखबाट अभिव्यक्त गराएको यो पंक्तिले नेपाली समाजको बाध्यकारी विगत र उस्तै वर्तमानको यथार्थतालाई अभिव्यक्त गरेको छ ।

स्व.महाकवि देवकोटाले देखे भोगेको नेपाली समाज र ६५ वर्षयताको नेपाली समाजमा धन कमाउन विदेसिनै पर्ने प्रवृति र बहाना एकै किसिमको पाइन्छ । खण्डकाव्यको कथाअनुसार व्यापार गरी पैसा कमाउने उद्देश्य लिई घरमा तरुनी स्वास्नी र बुढी आमालाई छाडेर मदन ल्हासा जान्छन् । मदनको धनार्जन गर्ने उद्देश्य बुढी भएकी आमाले बुढेसकालमा सुख प्राप्त गरुन्, मीठोमसिनो जुटोस्, इच्छाएका धार्मिक र सामाजिक/सांस्कृतिक कृत्य पूरा गर्न पाइयोस्, ऋणमुक्त भइयोस् अनि सुख समृद्धिपूर्वक जीवनयापन होस् भन्ने देखिन्छ ।

करिब ८० वर्षअघि स्व।देवकोटाले आफ्नो कृति मुनामदन खण्डकाव्यको मुख्य पात्र मदनमा धन कमाउन र पारिवारिक कर्तव्य पूरा गर्न विदेशिनै पर्ने जुन बाध्यकारी अवस्था चित्रण गर्नुभएको छ ठ्याक्कै त्यस्तो अवस्था अहिलेको नेपाली समाजमा नभए पनि प्रवृति भने उही रहेको पाइएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन विभागका अनुसार सन् २०२३ मा १६ लाख तीन हजार आठ सय, ३६ जना नेपाली विदेशमा पुगेका छन् । अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार आठ लाखभन्दा बढी रोजगारीको लागि मात्रै विदेश गएका छन् भने अरु आठ लाख नेपालीहरु अध्ययन तथा अन्यप्रयोजनका लागि विदेश गएका हुन् ।

के भन्छन् विदेश गएका युवा: कस्तो छ त्यहाँको अवस्था ?

बर्सेनि यतिधेरै नेपालीहरु विदेसिनुको कारण देशमा रोजगार नपाएर, आयआर्जन र जीविकोपार्जनको कुनै सम्भावना नै नदेखेर वा विदेश नगए घर व्यवहार नै चलाउन नसक्ने अवस्था आएर भने होइन ।

नेपालको स्थायी जागिर नै छोडेर, राम्रैसँग चलेको व्यापार व्यावसाय बन्द गरेर, पुर्खौदेखि कमाउँदै आएको खेतबारी बाँझै छोडेर र आफ्नै गाउँघर र सदरमुकामका स्कुल कलेजमा पढेर ‘ए प्लस’ र ‘ए’ जिपिए ल्याउन सकेका युवायुवतीहरु पनि छोटो समयमा अझ धेरै पैसा कमाउने, छरछिमेकी र साथीभाइभन्दा धनी देखिने र विदेशमा गुणस्तरीय शिक्षा आर्जन गरी स्तरीय जीन्दगी बिताउने उच्च महत्वकांक्षाका साथ विदेशिने गरेको पाइएको छ ।

हाल अमेरिकामा रहनुभएका म्याग्दीको मङगला गाउँपालिकाका विराज सापकोटाले विदेशमा आएपछि नेपालमा अवसर र सम्भावना नै नदेखेर आएँ भन्नु झुट बोल्नु हो भन्नुभयो । “आँट र जाँगर हुने हो भने नेपालमा सम्भावनै सम्भावना छ । नदीको ढुङ्गा बालुवादेखि वनका झाडी र जटिबुटीसम्म पैसैपैसा छ । गाउँमा छँदा ती सम्भावनाहरुलाई पहिचान गर्न सकिएन, विदेश आएर पछुताउनु परेको छ” सापकोटाले भन्नुभयो ।

आफ्नो विगत र वर्तमानको अवस्था बुझाउँदै सापकोटाले भन्नुभयो “नेपालमा मलाई राम्रै थियो, घर पाइक परेको शिक्षकको जागिर, परिवारसँग बसेर रमाइलैसँग दिनहरु बिताएको थिएँ” सापकोटाले थप्नुभयो “रु ६४ लाख खर्च गरेर अमेरिका आएँ, यहाँ आएर तीन महिना हण्डर खाएपछि बल्ल काम पाएको छु । महिनाको साढे दुई लाख जति बच्छ, ऋणको व्याज तिर्न ठिक्कै छ ।”

सापकोटाले तल्लोबाटो (गैरकानुनी बाटो) हुँदै अमेरिका आउनुभन्दा आफ्नै गाउँ ठाउँको सानो कमाइमा नै रमाउनु बढी बुद्धिमानी हुने बताउनुभयो । विदेश सोचेजस्तो सजिलो नभएको बताउँदै सापकोटाले भन्नुभयो “कानुनीरुपमा प्रक्रिया पुर्‍याएर यहाँ आएकाहरु पनि सन्तुष्ट छैनन् । फेसबुकमा समुद्र किनारमा डुलेको, कारमा घुमेको, रमाएको, मीठामीठा परिकारहरु खाएको, सफा अनि महङ्गा कपडाहरु लगाएको देखिए पनि वास्तविक जीवन भने सोचेभन्दा फरक छ ।”

क्यानडाको ब्रह्मापोटनको कलेजमा अध्ययनरत म्याग्दीकी अंकिता उपाध्यायले पछिल्लो समय ९सन् २०२३ सेप्टेम्वर यता० क्यानडामा अध्ययनका लागि आएका विद्यार्थीहरु काम नपाएर घरबाट पैसा मगाएर खाने र कोठा भाडा तिर्ने बाध्यतामा रहेको बताउनुभयो । “यहाँ सन् २०२३ यता आएका नेपालीहरुको बिजोग छ । एक वर्षको फि लगायत अन्य गरी २०/२५ लाख खर्च गरेर अध्ययन र कामका लागि यहाँ आएका नेपालीले कामै नपाएपछि अर्को सेमिस्टरको फि कसरी जम्मा गर्ने, कोठा भाडा कसरी तिर्ने र के खाने रु भन्ने समस्याले पिरोलिएका छन्” उहाँले भन्नुभयो “सजिलो छैन विदेश, हामीले दु:ख पाए पनि अरुले नछोड्नु होला आफ्नो देश ।”

त्यसैगरी हाल साउदी अरबमा रहनुभएको सुजन मगरले जति राम्रो काम र आकर्षक तलब भनेर विदेश आए पनि मेनपावर कम्पनीले भने जस्तो केही नहुने गरेको बताउनुभयो । “यहाँ १२ घण्टाको काम भए पनि १८ घण्टाको खटाइ हुन्छ, कम्पनीले भनेको जस्तोसुकै कुरा पनि मान्नै पर्छ, आफूले भनेको कुरा कसैले सुन्दैन, बिरामी भएको बेलामा समेत मेडिकलमा जाने छुट्टी पाइँदैन” मगरले भन्नुभयो “सेफ्टिी एक्युप्मेन्ट सुरक्षित र भरपर्दो नहुने, एग्रीमेन्टको पालन नगरिने, कैयौं विषाक्त रसायन भएको ठाउँमा काम गर्नु पर्ने जस्ता कैयौं समस्यासँग जुधेर काम गर्दा पनि सम्झौताको कागजमा उल्लेख गरिएको पारिश्रमिक नपाउने जस्ता समस्या रहेका छन् ।”

पछुताउनु बाहेक छैन उपाय

अध्ययन होओस् वा रोजगारी जुनसुकै उद्धेश्यले विदेश गए पनि त्यहाँ भनेजस्तो नभएपछि बल्ल नेपालको अवसर र सम्भावनालाई सम्झेर पछुताउनेहरु धेरै छन् । “विदेश जान पाए ‘लाइफ बन्थ्यो’ भन्नेहरु विदेश आएर भनेजस्तो नभएपछि धुरुधुरु रोएको मैले देखेको छु” हाल अष्ट्रेलियामा रहनुभएका प्रेम खत्रीले भन्नुभयो “मैले यहाँ आएर बुझेँ, पढ्न सक्ने र गर्न सक्ने हो भने नेपालमा अवसरको कमी छैन । आफ्नो देशमा आफ्नै स्वाभिमान हुन्छ । इज्जेत, मान, सम्मान सबै पाइन्छ । दु:ख पर्दा आफन्तको साथ हुन्छ, साहे गाहेमा सहयोगी हात हुन्छन् । तर, विदेशमा यी सबै कुराहरु कल्पेर बस्नुबाहेक अरु केही पाइँदैन ।”

विसं २०६२/६३ को ऐतिहासिक जनआन्दोलन र त्यसपछि प्राप्त राजनीतिक परिवर्तनले देशमा प्रशस्तै अवसर र सम्भावनाहरुको ढोका खोलेको भए पनि धेरै नेपालीले ती सम्भावना र अवसरहरुभन्दा उच्च महत्वकांक्षा र विदेश गए छिट्टै धनी बनिन्छ भन्ने बुझाइलाई महत्व दिँदा अहिलेको युवा पुस्ता देश छोडेर विदश उड्ने गरेको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जालीले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भैसकेपछि योग्य व्यक्तिलाई अवसरको कुनै कमी नरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “विदेश गएर प्रशस्तै पैसा कमाउने र छिट्टै धनी बन्ने महत्वकांक्षाले अहिलेका युवाहरुले देशमा सम्भावना छैन भनिरहेका छन् । तर देशमै छन् प्रशस्तै सम्भावनाहरु । हामीले विदेश गएका युवाहरुले फेसबुकमा हालेका समुद्रका किनारमा रमाएका फोटा मात्र देख्छौं, उनीहरुले त्यहाँ भोग्नु परेका समस्या र वाध्यताहरुलाई देख्दैनौ । ती समस्या र वाध्यताहरु हामीले देख्यौं र बुझ्यौं भने विदेश जाने विषयमा हामी एक पटक गहिरिएर सोच्न बाध्य हुन्छौं ।”

नेपाली कांग्रेस म्याग्दीका नेता क्या।मिनबहादुर कार्कीको पनि समान धारणा छ । “देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि दु्रतरुपमा भैरहेको विकास र उत्पन्न भएका आयआर्जनका अवसरहरुलाई हामीले प्राथमिकतामा राख्नै सकेनौं” कार्कीले भन्नुभयो, “राजनीतिक सङ्क्रिणता हाबी हुँदै गयो, प्राप्त स्वतन्त्रताको सदुपयोगभन्दा दुरुपयोग गर्ने प्रवृत्ति बढ्दै गयो । युवा पुस्तामा छिटो धनी बन्ने र सुखसयलको जिन्दगी जिउने उच्च महत्वकांक्षाका कारण देश छोडेर विदेश जाने क्रम बढ्दै गएको हो ।”

नेपालमा स्तरीय स्कुल/कलेजहरुको संख्या बढेको छ तर कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुको सङ्ख्या घट्दै जाँदा स्नातक र स्नातकोत्तर तहका कलेजहरु खाली हुँदै गएका छन् । “विद्यालयहरुमा गणित, विज्ञान र अंग्रजी विषयका शिक्षकहरुको अभाव उत्पन्न हुन थालेको छ । प्राविधिक शिक्षालयहरुमा निर्धारित कोटा पुरा हुन सकेका छैनन् । चिकित्सा शास्त्र र इन्जिनियरिङ कलेजहरुको अवस्था पनि यस्तै छ” के वि एकेडेमीका प्रिन्सिपल बिमल शर्माले भन्नुभयो “सरकारले शिक्षा क्षेत्रमा यति धेरै लगानी गरेको छ । लोक सेवा आयोग र शिक्षा आयोगले वर्षेनी परीक्षा लिने र पदपुर्ति गर्न थालेको छ । तर युवाहरु भने नेपालमा सम्भावना नै छैन भनेर विदेशतिर जाँदैछन्, यो देशका लागि पनि राम्रो सङ्केत होइन ।”

बाहिरिदै गयो सम्पत्ति र जनशक्ति

नेपाल राष्ट्र वैंकले हालै प्रकाशित गरेको एक तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीसँगै ४७ अर्ब ३५ करोड रुपैयाँ विदेशिएको छ । बैंकका अनुसार चालु आव २०८०/८१ को पहिलो पाँचभ महिनामा भ्रमण व्ययतर्फ ७५ अर्ब ७३ करोड रुपैयाँ विदेशिएको छ । यसमध्ये शिक्षाका लागि मात्र ४७ अर्ब ३५ करोड रुपैयाँ विदेशिएको हो । यो रकम अघिल्लो वर्षको यसै अवधिको तुलनामा रु १८ अर्ब ५४ करोड बढी हो । गतवर्ष पाँच महिनामा शिक्षामा रु २८ अर्ब ८१ करोड विदेशिएको थियो ।

यसरी वर्षेनी देशबाट जनशक्ति र सम्पत्ति दुवै बाहिरिने क्रम बढ्दै जानु देशकै लागि घातक भएको सरोकारवालाहरुको भनाइ रहेको छ । प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले देशमा भएका अवसर र सम्भावनाहरुलाई युवाहरुले चिन्नुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो “अब देशमा अवसरको कमी छैन, उच्च महत्वकांक्षा लिनुभन्दा पनि पूरा गर्न सक्ने सपना युवाहरुले देख्नु पर्छ । देशले दक्ष जनशक्ति मागेको छ, अब विदेश होइन आफ्नै गाउँठाउँलाई परिवर्तन गर्नेतर्फ युवाहरु लाग्नुपर्छ ।”

छ महिनामा पाँच सय ३९ जनाको मृत्यु

नियति देवकोटाकै मुनामदन खण्डकाव्यको कथानक जस्तै छ । फरक के छ भने मुनामदनमा धन कमाउन विदेश (भोट) गएका मदन बिरामी परेर बाटोमा नै ज्यान गुमाउन बाध्य हुन्छन् । मदनलाई एक जना भोटेले घरमा राख्छ,औषधीमुलो गर्छ । सकेसम्मको सहयोग गर्छ तर अहिले विदेशमा त्यस्ता मनकारी व्यक्तिहरु भेटिदैनन् । विदेश गएका कतिपयको काम गर्दागर्दै उपचार नपाएर मृत्यु भएको छ ।

वैदेशिक रोजगार बोर्डका अनुसार चालु आवको पुस मसान्तसम्ममा वैदेशिक रोजगारीका क्रममा पाँच सय ३९ जनाको मृत्यु भएको छ । त्यसैगरी वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीको क्रममा बिरामी तथा अङ्गभङ्ग हुनेको सङ्ख्या दुई सय २१ रहेको छ । बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीका अनुसार वैदेशिक रोजगारीमा जानेले स्वास्थ्य जाँच गराए पनि त्यहाँ पुगेपछि परिवर्तित वातावरणका कारण बिरामी तथा मृत्यु हुने गरेको घटना बढेका हुन् । मुख्यगरी मुटुसम्बन्धी रोग, सडक दुर्घटना, कार्यस्थल दुर्घटना, मिर्गौला रोग, हृदयाघात, क्यान्सर र अन्य विभिन्न कारणले वैदेशिक रोजगारीमा गएका नेपाली बिरामी र घाइते हुने गरेका पाइएको छ । रासस