२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरी चीनको प्रकृति आरक्ष केन्द्रमा ६० हजारभन्दा बढी चराचुरुङ्गी



अ+ अ-

सिजियाजुआङ । स्थानीय अधिकारीका अनुसार उत्तरी चीनको हेबेई प्रान्तको प्रकृति आरक्षमा ६० हजारभन्दा बढी चरा फेला परेका छन् ।

हालै सञ्चालन गरिएको २०२३र०२४ मा सञ्चालन गरिएको पानीमा बस्ने चरा अनुगमन अभियानको क्रममा कर्मचारीहरूले हेङ्सुई लेक नेसनल नेचर रिजर्भमा ७० प्रजातिका चराहरू फेला पारेको केन्द्रका झाङ युगुआङले बताउनुभयो ।

हेबेई प्रान्तीय वानिकी र घाँसे मैदान विभागका विज्ञ एन चुनलिनले जाडो सामान्यभन्दा चिसो हुँदा ६० हजारभन्दा बढी चराहरूलाई केन्द्रमा बासस्थान र प्रशस्त खाना प्रदान गर्ने बताउनुभएको छ ।

सर्वेक्षणको नतिजाले आरक्षको पारिस्थितिकीय वातावरणमा सुधार र पारिस्थितिकीय संरक्षणमा यसका उपलब्धिहरू प्रतिबिम्बित गर्दछ ।

हेबेईको हेङ्सुई सहरमा अवस्थित हेङ्सुई ताल, उत्तरी चीनको मैदानमा सबैभन्दा ठुलो एकल पानीको सतह भएको राष्ट्रिय प्रकृति आरक्ष हो । आरक्ष र वरपरका क्षेत्रमा सिमसार, ताल, घाँसे मैदान र घना जङ्गलले पर्यावरणलाई सन्तुलित पारेको छ ।

यो पूर्वी एसियाली–अष्ट्रेलियाली उडान मार्गमा प्रवासी चराहरूको बासस्थानको लागि रोकिन महत्वपूर्ण ठाउँ पनि हो । यहाँ प्रकृति आरक्षका कर्मचारीहरूले अहिलेसम्म ३३४ प्रजातिका चराहरू अवलोकन गरिसकेको बताएका छन् ।