१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

तरकारी खेतीमा रमाएका दीपबहादुर

तरकारी खेतीमा रमाएका दीपबहादुर
अ अ+ अ-

नारायणगढ । जिन्दगीको पचास वसन्त पार गर्दासम्म रत्ननगर–११ जिरौना चितवनका दीपबहादुर थापामगरलाई तरकारीखेती गरेर आम्दानी गर्न सकिन्छ भन्नेमा ध्यान गएको थिएन । आफ्नो ऊर्जाशील समय परम्परागत शैलीमा खेती गर्दै जीवन निर्वाह गर्नुभएका मगरले आम्दानी गर्नका लागि धेरै काम गरे पनि यसअघि सन्तुष्टी नमिलेको बताउनुभयो ।

विसं २०३६ मा धादिङबाट चितवन झरेको मगरको परिवार यहाँ आएर धान र मकैखेती थाल्नुभएको थियो । परम्परागत खेतीबाट वर्षभरि खान र जसोतसो घरखर्च मात्र चल्ने गरेको मगरको भनाइ थियो । “छोराछोरी बढ्दै जान थालेपछि खर्च पनि बढ्न थाल्यो । परम्परागत खेतीबाट जीविकोपार्जन गर्न नसकिने लागेपछि घर वरपरका मानिसले व्यावसायिक तरकारीखेती गरेको देखेर आफू पनि यसप्रति आकर्षित भएको थिएँ”, उहाँले भन्नुभयो ।

विगत पाँच वर्षयता मगरले दुई बिघा क्षेत्रफलमा व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । आफ्नो १० कठ्ठा र भाडाको डेढ बिघा जमिनमा उहाँले तरकारीखेती गर्नुभएको हो । उहाँले भन्नुभयो, “दुई बिघा क्षेत्रफलमा टमाटर सिमी, काँक्रो, करेला र लौकाको खेती गर्दै आएको छु । गाउँका अरु दाजुभाइ र तराईका जिल्लाबाट पनि यहाँ आएर भाडामा तरकारीखेती गरेको देखेर मैले पनि सुरु गरेको हो ।”

व्यावसायिकरूपमा तरकारीखेती गर्नका लागि कुनै तालिम नलिएको मगरको भनाइ छ । “भाटा बाँध्न, जाल बुन्न, डोरी बाँध्न, सिँचाइ गर्न, दबाई हाल्न, ड्याङ बनाउन अरुको हेरेर मैलै सिकेको हो । मैलै कुनै तालिम लिएको छैन आफँैले हेरेर सिकेको हो”, उहाँले भन्नुभयो ।

भाडाको जग्गामा उहाँले वार्षिक प्रतिकठ्ठा रू चारु हजार तिर्नुहुन्छ । पाँच वर्षको अवधिमा उहाँले कुनै समय निकै राम्रो आम्दानी गर्नुभयो भने कुनै समय बराबरमा चित्त बुझाउनुपरेको बताउनुभयो । उहाँले थप्नुभयो, “परार सालमा राम्रो भाथ्यो लगभग डेढ बिघामा लगाएको तरकारीले रू१७ लाख आम्दानी भएको थियो ।”

यस वर्ष मगरले सिमी र टमाटरमा रू छ लाख लगानी गरेको बताउनुभयो । भनेजस्तो भाउ पाएमा रू छ लाखको लगानीबाट रू १५ लाखनभन्दा बढी आम्दानी गर्न सकिने उहाँले जानकारी दिनुभयो । भाउमा एकरुपता नुहँदा आम्दानी निश्चित नुहने उहाँले गुनासो गर्नुभयो । “तरकारीको भाउ निश्चित हुँदैन, दर घट्ने बढ्ने भइरहन्छ । कहिले ह्वात्तै घट्छ, कहिले बढ्छ । परार सालमा राम्रो भाउ परेको थियो र त्यही आम्दानीले घर बनाएँ ।”

तरकारीखेतीको आम्दानीले घर बनाउनेदेखि छोराछोरीको विवाह गर्ने र विदेश पठाउने काम गरेको मगरले बताउनुभयो । “छोरा र छोरीको बिहे भयो । छोरा, बुहारी र ज्वाइँ विदेशमा छन् । छोरी पनि उतै जाने प्रक्रियामा छन्”, उहाँले भन्नुभयो, “छोरालाई यही केही गरौँ भनेको मानेन बाहिर गयो । हामी बूढाबूढी यही कुटो–कोदालो गरेर बसेका छौँ ।” तरकारीखेती गरेर सन्तुष्ट भइरहँदा छोराछोरीलाई यही रोक्न नसकेकामा मगरलाई त्यती खुसी मिलेको छैन ।

उहाँलाई तरकारीखेती गर्न कामदारको अभाव छैन । नियमितजस्तै पाँच–छ जनालाई उहाँले रोजगारी दिनुभएको छ । निकै मेहनत गरेर उब्जाएको तरकारी बिक्री गर्ने बेलामा भाउ घट्दा मन खिन्न हुने मगरको भनाइ थियो । उहाँले भन्नुभयो, “राम्रो उत्पादन हुन्छ, दु:ख गरेर उब्जाएको तरकारीको मूल्य नपाएर फाल्नुपर्दा साह्रै नमज्जा लाग्छ ।”

एक बिघा क्षेत्रफलमा टमाटरखेती गर्दा रू आठ लाखजति लगानी हुने र खर्च कटाएर रू १० लाखभन्दा बढी आम्दानी गर्न सकिने कृषक मगरले जानकारी दिनुभयो । क्रेटको रू पाँच सयमात्रै भाउ भएमा टमाटरमा घाटा नपर्ने उहाँको भनाइ थियो । रासस