१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्छौँ: उपप्रधानमन्त्री श्रेष्ठ

देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्छौँ: उपप्रधानमन्त्री श्रेष्ठ
अ अ+ अ-

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने प्रतिवद्धता जनाउनुभएको छ ।

बिहीवार स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) को २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशलाई कुनैपनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा नराख्ने बताउनु भयो । उहाँले विदेश गएका युवाहरुलाई स्वदेशमै फर्काउन नयाँ ढंगबाट काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले उत्पादन वृद्धि, आयात प्रतिष्थापन र निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा सरकार अघि बढीरहेको बताउनु भयो ।

उहाँले विकासको प्रक्रियालाई नयाँ र तिब्रतासहति अहिले सरकारले काम गरिरहरेको बताउनु भयो । सुशासन प्रभावकारी बनाउने र इकोनोमि एक्टिभिटी बनाउने काममा सरकार लागिपरेको बताउनु भयो । उहाँले उत्पादन, रोजगारी बढाउने र व्यापार घाटा कम गर्ने दिशातिर देशलाई लैजानसके मात्रै युवाहरुलाई स्वदेशमै राख्न सकिने वस्तुगत आधार तयार हुने बताउनु भयो । उहाँले अब पनि वकवक गरेर बस्ने र ढिला गर्ने समय सरकारलाई नरहेको जिकिर गर्नुभयो । उहाँले सरकार, सरकारको संयन्त्र, निजी क्षेत्र मिलेर देशलाई कोल्टे फर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अर्थतन्त्रलाई लयमा ल्याउने काममा त केही प्रगति गरेका छौँ । त्यसमा पनि अझै हामीले केही काम गर्न बाँकी छ । तर त्यसबाट सन्तुष्ट भएर बस्न सकिने स्थिति छैन । हामीले अर्थतन्त्रको गतिलाई तिब्र पार्नैपर्छ । र विकासको फड्कोमा जानैपर्छ । एउटा कुरामा हाम्रो कमी भएको छ । यो देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा राख्दैनौँ । यो देशमा युवालाई बाहिर पठाएर वृद्धाश्रम बनाउने खतराबाट यो देशलाई मुक्त गरिछोड्छौँ । यो संकल्प त्यसै पूरा हुँदैन भन्ने हामीलाई थाहा छ । नयाँ ढंगले काम गर्नुपर्छ ।

त्यस दिशातर्फ अघि बढ्ने क्रममा हामीले अहिले उत्पादन वृद्धि गर्ने, आयात प्रतिष्थापन गर्ने, निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा जानुपर्छ भनेर लागेका छौँ । अहिलेको गतिलाई अझ बढाउनुपर्छ भन्नेमा दृढ छौँ । विकासको प्रक्रियालाई नयाँ तिब्रतासहति अहिले हामीले भनेका छौँ सुशासन प्रभावकारी बनाउने र इकोनोमि एक्टिभिटी अत्यन्तै तिब्र बनाउने हो । उत्पादन, रोजगारी बढाउने र व्यापार घाटा कम गर्ने दिशातिर लैजाने र त्यसले मात्रै हामीले विदेश जाने यो क्रमलाई रोक्ने वस्तुगत आधार तयार पार्छौं । अब वकवक गर्ने सम्य हामीसँग छैन । अब ढिला गर्ने समय छैन । सबै मिलेर सरकार, सरकारको संयन्त्र, निजी क्षेत्र मिलेर देशलाई कोल्टे फेर्नैपर्छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले उर्जा क्षेत्रलाई फड्कोकारी रुपमा विकास गर्ने नीति सरकारले लिएको बताउनु भयो । उहाँले नेपालको आर्थिक विकास र समृद्धिको यात्रा तिब्र बनाइ लगानी भित्र्याउनका लागि सरकारले सुरक्षामा कुनै कमी हुन नदिने बताउनु भयो । उहाँले निर्माण प्रक्रियालाई तिब्र बनाउन सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने अवस्था रहेको बताउनु भयो ।