१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्याली पब्लिकका तीनै टोली विजयी चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी: उपप्रधानमन्त्री खड्का



अ+ अ-

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सकरारले खेलकुदको भौतिक पूर्वाधारहरु तिब्र गतिमा अघि बढाउन नसकेको बताउनुभएको छ ।

बुधवार ललतिपुरमा आयोजित १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । विगतका कमी,कमजोरीबाट पाठ सिकेर खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपालको खेलकुद विकास, खेलाडीको उन्नतिका लागि प्रोत्साहित गर्न जरुरी रहेको बताउनु भयो । उहाँले संघ, प्रदेश र स्थानीय तहले आफ्ना श्रोतलाई खेलकुद विकास र खेलाडीको संरक्षणमा प्रयोग गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारले खेलाडीमा थप लगानी गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘विशेष गरी नेपालको खेलकुद विकास, खेलाडीको उन्नति प्रगति हामी सबैको प्रयास, खेलाडीहरुको समर्पण, निष्ठा, पूर्णरुपमा आफ्नो जीवनलाई खेलमा समर्पण गरेका खेलाडीहरुलाई जसरी हामीले उत्साहित, प्रोत्साहित गर्न जरुरी छ । त्यसका लागि सबैको सहयोगको आवश्यकता छ । संघीय, प्रदेश, स्थानीय तहको सरकार सबैले आफ्नो तहको श्रोतलाई खेलकुद विकास र खेलाडीको संरक्षण, उन्नति र प्रगतिको लागि त्यसतर्फ केन्द्रित गर्नुपर्ने जरुरी छ ।’

‘खेलाडीहरुको उन्नति प्रगतिमा थप लगानी गर्नेछौँ । नेपालको खेलकुदको सन्दर्भमा भौतिक पूर्वाधारहरु जुन गतिमा तिब्र गतिमा अघि बढाउनुपर्ने हो त्यो गतिमा बढाउन सकेका छैनौँ । त्यसैले विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै आज र भोलिका दिनमा हामीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी छ । खेलाडीहरुमा जुन उर्जा र उत्साह छ, जुन समर्पण छ, विशेष गरी खेलका पूर्वाधारहरु नहुँदा आवश्यक आर्थिक उपलब्धताको कमीका कारणले जति प्रगति गर्नसक्ने क्षमता हो त्यसमा अघि बढ्न सकेको छैन । हामी सबै समर्पित भएर अघि बढ्न जरुरी छ । संघ, प्रदेश र स्थानीय सरकार एकतावद्ध भएर खेलकुदको विकास र उन्नतिको लागि, भौतिक पूर्वाधार विकासका लागि, खेलाडीहरुको उन्नति प्रगतिका लागि प्रोत्साहित गर्न र सेवा सुविधा बढाउन एकतावद्ध भएर अघि जानुछ ।’

उपप्रधानमन्त्री खड्काले खेलाडीहरुको सेवा सुविधा बढाउन एकतावद्ध भएर लाग्नुपर्ने बताउनु भयो ।