१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

पर्यटन प्रवद्र्धनका लागि सम्पदा गाउँ निर्माण गर्दैछौँ: मन्त्री किराँती

पर्यटन प्रवद्र्धनका लागि सम्पदा गाउँ निर्माण गर्दैछौँ: मन्त्री किराँती
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन प्रवद्र्धनका लागि सरकारले सम्पदा गाउँ निर्माण अभियान शुरु गरेको बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा पर्यटन प्रवद्र्धनका लागि ६० वटा भन्दा बढी पुराना गाउँको खोजि कार्य अघि बढाएको बताउनु भयो । उहाँले पुराना गाउँ नयाँ पर्यटन गन्तव्य बन्ने बताउनु भयो । उहाँले सांस्कृतिक गाउँ निर्माण, नयाँ सम्पदा निर्माण अघि बढाउन कार्यविधिको ड्राफ्ट नै तयार पारिसकेको दाबी गर्नुभयो ।

उहाँले आफूले मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएपछि उच्चस्तरीय कार्यक्रमतिर प्रवेश गर्ने बताउनु भयो । उहाँले पर्यटन ऐन, संस्कृति ऐन लगायतका थुप्रै नीति निर्माण गर्नुपर्ने भएकाले मन्त्रालयले अहिले ऐन निर्माणका लागि आवश्यक काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले कार्यक्रममै नभएको आज भन्दा ३५ सय वर्षअघिका बस्तीहरु कस्ता थिए ? त्यो सबैभन्दा पुरानो बस्ती लुम्बिनीमा थियो भन्नेकुरा प्रमाणित भइसकेको छ । हामीले सम्पदा गाउँ निर्माणका कुरा अघि बढाएका छौँ । पुरानो गाउँ खोजी, नयाँ पर्यटन गन्तव्य होस् भनेर ६० वटा भन्दा बढी पुराना गाउँको खोजि कार्य अघि बढाएका छाँै । सांस्कृतिक गाउँ निर्माण, नयाँ सम्पदा निर्माण अघि बढाउने भनेर कार्यविधिको ड्राफ्ट नै तयार पारिसकेका छौँ । पर्यटन दशकलाई अझ तिब्र बनउनको निम्ति कार्यान्वयन गर्न कार्यक्रम तयारी गर्दैछौँ । त्यसपछि हामी उच्चस्तरीय काममा लाग्नेछौँ । नीतिको कुरा छँदैछ । पर्यटन ऐन, हाम्रो संस्कृति ऐन लगायतका थुप्रै नीति निर्माण गर्नुछ । त्यो भन्दा ठूलो पर्यटन क्षेत्रमा फड्को मार्नसक्ने नयाँ नीति, नयाँ योजना र नयाँ कार्यक्रमसहित अब हामी १ वर्षदेखि उताको काम उच्चस्तरीय कार्यक्रमतिर प्रवेश गर्दैछौँ ।’

मन्त्री किराँतीले ठूलो पर्यटन क्षेत्रमा फड्को मार्नसक्ने नयाँ नीति, नयाँ योजना र नयाँ कार्यक्रमसहित अब मन्त्रालय अघि बढ्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल