२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा बजारमा रहेको प्राचीन श्रीहरि गणेश मन्दिरको पुनर्निर्माण



अ+ अ-

गोरखा । गोरखा बजारको तीनधारेमा रहेको श्रीहरि गणेश मन्दिरको पुनर्निर्माण गरिएको छ ।

११० बर्ष प्राचीन श्रीहरि गणेश मन्दिरको पुनर्निर्माण गरिएको हो। भूकम्पले क्षतिग्रस्त बनाएको सो मन्दिर समाजसेवी अशोक श्रेष्ठले सहयोग स्वरुप उपलब्ध गराउनु भएको छ लाख ६५ हजार रुपैयाँ लागतमा पुनर्निर्माण गरिएको हो । मन्दिर पुनर्निर्माणको समन्वय गर्नुभएका डाक्टर राजुबाबु श्रेष्ठका अनुसार पुनर्निमाण गरिएको मन्दिर स्थानीय टोल विकास संस्थालाई हस्तान्तरण गरिएको छ ।

श्रेष्ठका अनुसार मन्दिरमा रहेको यसअघिको टिनको छानो पुनर्निर्माणको क्रममा विस्थापित गरी तामाको पाताले छाइएको छ ।

श्रेष्ठले भन्नुभयो ‘गारो पनि डेढ फिट अग्लो बनाइएको छ । यसअघि माटोको भुइँ रहेको सो मन्दिरमा अहिले ढुङ्गा छापिएको छ’, उनले भने, ‘पहिले टुँडालहरु थिएन, अहिले टुँडाल राखिएको छ । रेलिङ थिएन, अहिले रेलिङ पनि निर्माण गरिएको छ ।’

सो मन्दिर यसअघि १९७१ सालमा तीनधारे निवासी हरि श्रेष्ठ स्थापना गर्नुभएको थियो ।