२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरको ललितमण्डप पुन:निर्माण हुने



अ+ अ-

ललितपुर । विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त ललितपुर महानगरपालिका(४ जावलाखेलस्थित ऐतिहासिक सम्पदा ललितमण्डपको पुन:निर्माण हुने भएको छ । ललितमण्डप छेउमा रहेका पाटी (फल्छा) र जावलाहिटी ९गैरेधारा० भने ललितपुर महानगरले यसअघि नै पुन:निर्माण गरिसकेको छ ।

ललितमण्डपलाई ऐतिहासिक शैलीमा पुन:निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको ललितपुर महानगरपालिका वडा नं ४ का अध्यक्ष सन्तोष खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाल अवस्थित भवन पञ्चायतकालमा निर्माण भएको हो । हामीले राणाकालअघिको फोटो भेट्टाएका छौँ । इतिहास झल्कने गरी ललितमण्डप पुन:निर्माण हुनेछ ।”

हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथ ललितमण्डप परिसरमै राखिन्छ । सोही परिसरबाटै मछिन्द्रनाथ जात्राको अन्तिम दिन भोटो देखाउने प्रचलन भएकाले पनि ललितमण्डपको महत्व विशेष भएको उहाँको भनाइ छ । हाल जावलाखेलमै मछिन्द्रनाथ सङ्गहालयसमेत निर्माण हुँदैछ । जुन सङ्ग्रहालयमा मछिन्द्रनाथको एतिहासिक सामग्री सङ्ग्रहित गरिनेछ ।

ऐतिहासिक सम्पदासम्बन्धी जानकारी ज्यापु समाजसँग रहेकाले सोही समाजसँगको सल्लाहमा ललितमण्डपलाई कलात्मकरूपमा पुन:निर्माण गरिने वडाध्यक्ष खड्काको भनाइ छ । उहाँले भन्नुभयो, “पुन:निर्माणको विषयमा नगरप्रमुखसँग कुरा भएको छ । उहाँले निर्माणका लागि चासो देखाउनुभएको छ । ज्यापु समाजसँग छलफलपछि ललितमण्डप निर्माण हुनेछ ।”