२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जोली एलएलबी–३’ मा अक्षय र अरशद वारसीले एकअर्कासँग बहस गर्ने



अ+ अ-

एजेन्सी । अक्षय कुमार र अरशद वारसी स्टारर फिल्म ‘जोली एलएलबी–३’ बहुप्रतिक्षित फिल्महरू मध्ये एक हो ।

फिल्मको स्क्रिप्टिङको काम सुरु भइसकेको छ । जोली एलएलबीलाई सुभाष कपूरले निर्देशन गर्नेछन् । जोली एलएलबी–३ मा अक्षय कुमार र अरशद वारसी कोर्टमा एकअर्काको विरुद्धमा उभिएका देखिनेछन् ।

फिल्मका अघिल्ला दुई भागलाई दर्शकले निकै रुचाएका थिए । फिल्म २०२५ मा रिलिज हुनेछ । यसको छायांकन केही महिनापछि जयपुरमा सुरु हुनेछ । निर्माण पक्षले छिट्टै चलचित्रको कलाकारको घोषणा गर्नेछ । फिल्मको नामबारे भने अहिलेसम्म कुनै पुष्टि भएको छैन ।

फिल्मको सुटिङ यसै वर्ष जयपुरबाट सुरु हुनेछ । अहिले बाँकी छायांकन लोकेशन फाइनल भइरहेको छ । फिल्ममा अक्षय र अरशदका अलावा सौरभ शुक्ला पनि मुख्य भूमिकामा देखिनेछन् । हरेक पटक जस्तै यस पटक पनि उनी फिल्ममा जजको भूमिकामा देखिनेछन् ।

अक्षय र अरशद अदालतमा एकअर्काविरुद्ध बहस गर्ने । फिल्ममा दुई कलाकारबीचको बहसको लागि निकै रमाइलो विषय उठाइनेछ ।

यो फिल्ममा ड्रामा, थ्रिलदेखि कमेडीसम्म विभिन्न विधाहरू हुनेछन् । स्क्रिप्टिङ पूरा भएपछि, टोली पूर्व उत्पादन चरणमा सर्नेछ । डिज्नी र अक्षय कुमारको प्रोडक्सन हाउस केप अफ गुड फिल्म्सले यो फिल्मलाई संयुक्त रुपमा निर्माण गर्दैछन् । अक्षय कुमारले ‘जोली एलएलबी ३’ अघि ‘वेलकम टु जंगल’ को सुटिङ पूरा गर्नेछन् ।

यसबाहेक यो फिल्ममा अक्षय र अरशद दुवैको लगभग बराबर भूमिका हुने बताइएको छ । उनीहरु फिल्ममा एकअर्कासँग प्रतिस्पर्धा गर्दै देखिनेछन् । अक्षय र अरशदले यसअघि ‘जानी दुश्मनः एक अनोखी कहानी’ (२००२) र ‘बच्चन पाण्डे’ (२०२२) मा सँगै काम गरिसकेका छन्।