२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको रोटरी क्लबका प्रशिक्षकहरुलाई प्रशिक्षण सुरु



अ+ अ-

मुलकोट, सिन्धुली । रोटरी डिस्ट्रिक्ट ३२९२, नेपाल–भुटानमा आबद्ध नेपालभरका प्रशिक्षक रोटरियनहरुलाई सिन्धुलीको मुलकोटमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

नेपालभरका रोटरी क्लबहरुमा आबद्ध प्रशिक्षकहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको रोटरी डिस्ट्रिक्ट ३२९२ को प्रशिक्षण समितिका सह–अध्यक्ष बिष्णुहरि दाहालले बताए ।

शुक्रबार र शनिवार चल्ने प्रशिक्षणलाई रोटरीका प्रमुख प्रशिक्षकहरु जयन्द्र रिमाल, लक्ष्मण ज्ञवाली, सञ्जय गिरी, दिलेन्द्रराज श्रेष्ठ, जितेन्द्रबहादुर राजभण्डारी र सन्तोष रिजालले प्रशिक्षण दिनेछन् ।

यसैगरी, प्रशिक्षणकै दौरान आयोजित प्यानल छलफलमा प्यानलिस्टहरु डिस्ट्रिक्ट गभर्नर राजेन्द्रप्रसाद ध्वजू, डिस्ट्रिक्ट गभर्नर (इलेक्टेड) राजेन्द्रमान शेरचन र डिस्ट्रिक्ट गभर्नर (नोमिनी) बिनोद कोइराला रहेका छन् ।

प्रशिक्षण कार्यक्रममा विभिन्न रोटरी क्लबका ७५ जना सहभागी छन् ।

रोटरियनहरु बिष्णुहरि दाहाल, अशोकमान कपाली र अशोक प्याकुरेलले कार्यक्रमको सहजीकरण गरेका छन् । ‘स्वार्थभन्दा माथि सेवा’ भन्ने भावकासाथ सामाजिक सेवामा कार्यरत रोटरी अभियान नेपालमा सन् १९५९ मा सुरु भएको हो ।

हाल रोटरी डिस्ट्रिक्ट ३२९२ मातहत १५४ क्लबमा ५ हजार ५४२ जना सदस्य आबद्ध छन् ।