९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा वार्षिक प्रतिवेदन पारित



अ+ अ-

काठमाडौं । राष्ट्रिय सरोकार तथा समन्वय समितिले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गरेको छ । 

समितिको शुक्रबार बसेको बैठकले लकडाउनका कारण अघिल्लो वर्ष पारित गर्न नपाएको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन समिति सदस्यहरुको राय, सल्लाह, सुझावको आधारमा पारित गरिएको समिति सभापति दिल कुमारी रावल थापाले बताउनुभयो । 

त्यसैगरी समितिले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्यक्रमको सम्बन्धमा देशको राष्ट्रिय सम्पदा तथा संस्कृति सँग सम्बन्धित विषयमा सम्बन्धित विषयका विज्ञहरुसँग छलफल गर्ने र २०७८ सालको जनगणनाको सम्बन्धमा राष्ट्रिय योजना आयोग र तथ्यांक विभागसँग छलफल गर्ने एजेण्डा पारित गरेको पनि सभापति थापाले जानकारी दिनुभयो ।

समितिले यस अघि सरकारलाई दिएको निर्देशन कार्यान्वयन भए/नभएको सम्बन्धमा पनि बैठकले समिक्षा गरेको सभापति थापाले बताउनुभयो ।