८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा उपाध्यक्ष दहालद्वारा निर्माणाधीन संसद भवनको अवलोकन, २७ प्रतिशत काम पूरा



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभामा उपाध्यक्ष शशिकला दहालले निर्माणाधीन संघीय संसद भवनको अवलोकन तथा निरीक्षण गर्नुभएको छ। उपाध्यक्ष दहालले सिंहदरबार परिसरमा निर्माण भइरहेको संघीय संसद भवनको शुक्रबार अवलोकन तथा निरीक्षण गर्नुभएको हो।

अवलोकनका क्रममा उपाध्यक्ष दहालले संसद भवन निर्माण गर्दा गुणस्तरमा कुनै पनि सम्झौता नगर्न आग्रह गर्नुभयो। ‘संसद भवन निर्माणको क्रममा यसको गुणस्तरमा कुनै पनि कमी हुनुहुँदैन, उपाध्यक्ष दहालले भन्नुभयो, ‘काम गर्दा आइपर्ने अप्ठ्याराहरु के कस्ता छन्, हामीलाई भन्नुहोस् तर गुणस्तरमा कुनै सम्झौता नहोस्।’

सरकारी पक्षबाट संसद भवन निर्माणको काम हेरिरहेको विशेष भवन निर्माण आयोजना अन्तर्गत संसद भवन निर्माण साइट इञ्जिनियर धर्मेन्द्र पन्थीले अहिलेसम्म २७ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिनुभयो। भवन निर्माणकै क्रममा कोरोना महामारी फैलिएपछि निर्धारित समयभित्र काम सक्न गाह्रो भएको र सरकारले ६ महिना थप गरेको बताउनुभयो। 

उहाँका अनुसार ३ वर्षमा काम सम्पन्न गर्ने सम्झौता भएकोमा त्यसमा ६ महिना थप गरी ४२ महिना बनाइएको छ। पन्थीले भवन निर्माणका लागि सामग्री आयातमा सबैभन्दा ठूलो समस्या भएको बताउनुभयो। 

विदेशबाट ल्याउनुपर्ने सामग्री र स्वदेशकै निर्माण सामग्री पनि ल्याउन समस्या भएकोले आफूहरुलाई अप्ठ्यारो भएको जानकारी दिनुभयो।

उपाध्यक्ष दहाललाई साइट इञ्जिनियर पन्थीका साथै कन्सल्टेन्ट इन्द्रबहादुर श्रेष्ठ र संसद भवनको निर्माण गरिरहेको टुन्डी शेक जेभीका प्रोजेक्ट म्यानेजर काशी डोटेलले संसद भवन निर्माणमा भएको प्रगति र समस्याका बारेमा जानकारी गराउनुका साथै फिल्ड अवलोकन गराउनुभएको थियो।

सिंहदरबारको १५१ रोपनी क्षेत्रफलमा बन्न थालेको संघीय संसद भवनको शिलान्यास २०७६ असोजमा भएको थियो। ३ वर्षमा सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा ६ महिना थप गरेपछि भवन निर्माणको काम २०८९ चैत १५ गतेसम्म गरिसक्नुपर्नेछ।