२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

पानी पोखरीबाट मेलम्चीको पानी वितरणको शुभारम्भ (भिडियोसहित)

पानी पोखरीबाट मेलम्चीको पानी वितरणको शुभारम्भ (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । काठमाडौं महाँकालचौर स्थित पुरानो पानी पोखरीबाट मेलम्चीको पानी वितरणको शुभारम्भ गरिएको छ । आइतबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी अधिकृत ई. मिलन कुमार शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले संयुक्त रुपमा खानेपानी वितरणको औपचारिक शुभारम्भ गर्नुभएको हो । 

महाँकाल क्षेत्रबाट चाबहिल, कुटुबहाल, आनन्दनगर क्षेत्रमा पानी पठाइएको केयूकेएलका प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो । अहिले दैनिक ४ करोड लिटर पानी आएको र पानीको मात्रा बढ्दै जाने भएकाले सोही आधारमा समयतालिका निर्धारण गरी उपभोक्ताको घरमा पानी पठाइने पनि प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो । अहिले सकेसम्म दैनिक र नसके एक दिन बिराएर पानी वितरण गर्ने तालिका बनाइएको पनि उहाँले बताउनुभयो । कुनै ग्राहकको घरमा पानी नपुगेको खण्डमा जानकारी पाउने वित्तीकै ¥यापिड रेस्पोन्स टीमले समस्या समाधान गरी पानी पु¥याउने पनि उहाँले बताउनुभयो ।

हाल पुराना पानी पोखरीहरुमा मेलम्चीको पानी भरी पुरानै पाइपलाइन र धाराहरुमा पानी दिने र आयोजना कार्यान्वयन निर्देशनालयबाट बिच्छ्याइएका नयाँ पाइपलाइनहरु परीक्षण गर्दै पानी थप गर्दै लैजाने योजना अन्तर्गत पहिलो चरणमा आज ४ करोड लिटर पानी महाँकालचौर, अनामनगर, मिनभवन र खुमलटार स्थित पोखरीहरुमा जम्मा हुने योजना रहेको पनि शाक्यले बताउनुभयो । आइतबार साँझसम्म काठमाडौंको मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पनि पानी वितरण हुनेछ । 

दोस्रो चरणमा बालाजु स्थित पानी पोखरीमा समेत गरी ६ दशमलव ५ करोड लिटर, तेस्रो चरणमा बाँसबारी र महाराजगञ्ज स्थित पानी पोखरीहरुमा समेतमा गरी ८ दशमलव ५ करोड लिटर र चौथो चरणमा कीर्तिपुर, थिमी, भक्तपुर स्थित पोखरीहरुमा समेत गरी १७ करोड लिटर पानी जम्मा हुने र ती पोखरीहरुबाट काठमाडौं उपत्यका चक्रपथ भित्र र आसपासका क्षेत्रहरुमा पानी वितरण गरिने योजना केयूकेएलको छ । हाललाई पानीको शुल्क यथावत रहेको पनि केयूकेएलका प्रमुखकार्यकारी अधिकृत शाक्यले बताउनुभयो ।