२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान

बाक्लो तुवाँलोका कारण देखिन थाले यस्ता समस्या

बाक्लो तुवाँलोका कारण देखिन थाले यस्ता समस्या
अ अ+ अ-

काठमाडौं । केही दिनयता राजधानी ढाकेको तुवाँलोले स्वास्थ्य समस्या निम्त्याउन सक्ने भन्दै चिकित्सकहरूले सावधानी अपनाउन सुझाव दिएका छन्। बाक्लो तुवाँलोका कारण आँखा, नाक पोल्ने, घाँटी दुख्ने समस्या देखिएको भन्दै चिकित्सकले सतर्कता अपनाउन अपनाउन सुझाव दिएका हुन्। चिकित्सकका अनुसार यस्तो तुवाँलोले दम, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) का साथै फोक्सोसम्बन्धी समस्या देखिन सक्छ । 

‘हालको तुवाँलोले फोक्सोको समस्या भएका र दमको बिरामीलाई बढी असर गरको छ,’ वरिष्ठ छाती रोग विशेषज्ञ डा. रमेश चोखानीले भने, ‘दीर्घरोग भएका व्यक्तिलाई यस्तो असर बढी देखिएको छ ।’  उनले धँमपान गर्ने, दीर्घकालीन जटिल रोग भएकालाई तुवाँलोले समस्यामा पारको बताए । तुवाँलोकोमाध्यमले वातावरणमा पुगेको २।५ माइक्रोनभन्दा ठँलो वा सानो सँक्ष्म कण (पार्टिक्युलर मैटर) श्वासप्रश्वासको माध्यमले फोक्सोमा पुग्छ । त्यसपछि रगतको माध्यमले सबै अंगमा गएर असर गर्ने डा. चोखानीको भनाइ छ । 

विश्व स्वास्थ्य संगठन (डब्लँएचओ) को अनुसार १० माइक्रोन वा योभन्दा कम व्यास भएको कण फोक्सोभित्र गहिराइमा प्रवेश गर्न सक्छ । धेर बढी स्वास्थ्यलाई हानि पुर्याउने कण २.५ माइक्रोन वा योभन्दा पनि कम व्यासको हुन्छ । यो कण यति सानो हुन्छ कि यस्ता ६० वटा कण मनुष्यको कपालको चौडाइ बराबर हुन्छ । 

पीएम २.५ फोक्सोभित्रको अवरोधकलाई छेडेर रगत प्रणालीमा प्रवेश गर्न सक्छ । यसले मुटु र श्वासप्रश्वाससम्बन्धी रोगसँगै दीर्घकालमा फोक्सोको क्यान्सरको जोखिमलाई समेत बढाउन सक्छ । हावामा भएका अति सँक्ष्म प्रदँषक हाम्रो श्वासप्रश्वास र रक्त सञ्चार प्रणालीमा प्रवेश गररे मुटु, मस्तिष्क र विशेष गरी फोक्सोलाई नोक्सान पु¥याउने राष्ट्रिय क्षयरोग केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाहले बताए । कान्तिपुर दैनिकमा समाचार छ ।