८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रङ्गशाला निर्माणका लागि मेची-महाकाली अभियानमा जुटेका धुर्मुसले यसरी साटे होलीको सद्भाव



अ+ अ-

काठमाडौं । यतिबेला सीताराम कट्टेल (धुर्मुस) जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि मेची-महाकाली अभियानमा जुटेका छन् । 

रंगशाला निर्माणका लागि आर्थिक अभाव भएपछि उनी चैत १० गते कञ्चनपुरबाट यस अभियानमा  लागेका हुन् ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको घरदैलो अभियानमा रंगशाला निर्माणका लागि सहयोग गर्न चाहनेहरूको घरदैलोमा पुगेर सहयोग सङ्कलन गर्न थालिएको छ  ।

यसैबीच आज तराईमा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका निर्माता एव धुर्मुस सुन्तली फाउन्डेशनका सञ्चालक समेत रहेका कट्टेलले सम्पूर्ण देशका दाजुभाई तथा दिदीबहिनीहरुलाई सम्बोधन गर्दै होलीको सद्भाव साटेका हुन् ।