२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान

चीनले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप यसरी आइपुग्यो नेपाल (भिडियोसहित)

चीनले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप यसरी आइपुग्यो नेपाल (भिडियोसहित)
अ अ+ अ-

कोभिड १९ ले संसारलाई नै असर गरेको एक वर्ष नाघिसकेको छ । विश्वव्यापीरुपमै यसले थुप्रै मानिसको ज्यान लियो । यसबाट मानव समाजलाई उन्मुक्ति दिनका लागि विभिन्न मुलुकले भ्याक्सिनहरु निर्माण गरी यसलाई कसरी परास्त गर्न सकिन्छ भनेर अध्ययन अनुसन्धानमा पनि लागे । छिमेकी मुलुक चीनले आफ्नो देशका नागरिकलाई यसबाट कसरी जोगाउने भन्दै भ्याक्सिन निर्माणमा पनि अगाडि बढ्यो ।

चीनको सिनोभ्याक बायोटेकले खोप उत्पादन  गरिरहेको अवस्थामा हामीले यसबारे कुरा गर्दै कम्पनी पनि भ्रमण गर्यौँ । त्यहीअनुसार हामीले कति मात्रामा हामीलाई भ्याक्सिन उपलब्ध गराउन सकिन्छ भन्नेबारे पनि छलफल गर्योँ । त्यसमा नेपाल सरकारसँग पनि हाम्रो छलफल रह्यो । सुरुमा ३ लाख खोप उपलब्ध गराउने भन्ने कुरा भएको थियो । त्यसको लगत्तै परराष्ट्रमन्त्रीसँग परामर्श गरियो ।

जसमा ५ लाख खोप उपलब्ध गराइने कुराकानी भयो । हामीले नेपाल सरकारसँग जहाज भाडा तिरेर नेपाल पठाउनुपर्ने भएकाले यसमा वृद्धि गराई १०-१५ लाख भ्याक्सिन पठाउन कुरा अगाडी बढेको थियो । त्यसै सन्दर्भमा ८ लाख खोप पठाइने निर्णय गरियो । अहिलेको चरणमा ८ लाख खोप उपलब्ध गराइने र यसको प्रयोग गदै गर्ने पछि अर्को चरणमा नेपाल छिमेकी राष्ट्र पनि भएकाले प्राथामिकतामा राखिएको उहाँहरुले बचन दिनुभएको छ ।

यस कम्पनिले विभिन्न ७-८ स्थानहरुमा खोपको उत्पादन थालिरहेकाले प्रशस्त मात्रामा खोप उत्पादन हुने देखिन्छ । जसअनुसार विश्वका विभिन्न मुलुकहरुले आफ्ना लागि आवश्यक पर्ने खोप चीनबाट उपलब्ध गराइने नीति रहेकाले नेपाललाई पनि खोप प्रदान गरिएको छ । जसको मात्रा पछि थप्ने निर्णय पनि भएको छ । यसबाट नेपालमा कोरोना भाइरस नियन्त्रणका लागि ठूलो योगदान मिल्ने विश्वास लिइएको छ ।

यसबाट चीन र नेपालको सम्बन्धमा अझ प्रगाढ मिल्नुका साथै जनजीवनलाई यसले संरक्षण गर्नमा ठूलो योगदान गर्छ भन्नेमा हामी विश्वस्त छौं । नेपाललाई  प्रदान गराइने ८ लाख खोप एयरपोर्टमा पुर्याउने र हामीले सिनोफार्मसँग बुझेर नेपाल पठाउने व्यवस्था हामीले मिलायौँ । जसअनुसार नेपालबाट जहाज आई यसलाई नेपाल पुर्याइने व्यवस्था गरिएको होे । जसअनुसार नेपाल सरकार र चिनियाँ राजदुतबीच खोप लेनदेनको प्रक्रिया सम्पन्न भयो । यस भ्याक्सिनले नेपाली जनताको जनजीवनको संरक्षणमा सकरात्मक भूमिका खेल्ने र भविष्यमा थप मात्रामा खोप उपलब्ध गराइनेमा हामी विश्वस्त रहेका छौं । 

(चीनका लागि नेपाली राजदुत महेन्द्र बहादुर पाण्डेसँग न्यूजपोलारले गरेको कुराकानीमा आधारित)