३ मंसिर २०८१, सोमबार
,
Latest
पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द आन्तरिक पर्यटकको रोजाइमा पदयात्रा पूर्वसभामुख ढुंगानाको आज अन्त्येष्टि गरिँदै, मन्त्रिपरिषद् बैठक बस्दै रवि लामिछानेविरुद्ध काठमाडौंबाट पनि पक्राउ पुर्जी, पोखराबाट ल्याउने तयारी कोशी र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना पूर्वराष्ट्रपति भण्डारीद्वारा ढुङ्गानाप्रति श्रद्धाञ्जली मंसिर ८ देखि दोस्रो चरणको आन्दोलन शुरु गर्ने रास्वपाको घोषणा स्थानीय तहका ४२ पदका लागि चार सय सात जनाको मनोनयन दर्ता चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल ३ वर्षपछि पनि उत्तिकै फायर ‘पुष्पाराज’, पार्ट २ को धमाकेदार ट्रेलर सार्वजनिक (भिडियोसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोटमा चिसोले कठ्याङ्ग्रिएर तीन वर्षीया बालिकाको मृत्यु



file photo
अ+ अ-

जाजरकोट । कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । कुशे–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको हो ।

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिय देखिएपछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको थियो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पमा परी एक सय ५३ जनाको मृत्यु भएको थियो भने तीन सय ४६ घाइते भएका थिए । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ । क्षतिको विवरण सङ्कलन अन्तिम चरणमा पुगेको जनाइएको छ । रासस