९ पुष २०८२, बुधबार
,
Latest
तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई टीका लगाइदिनुहुने भएको छ । उहाँले असोज ७ गते मङ्गलबार अपराह्न २:०० देखि ३:०० बजेसम्म विशिष्ट र ३:०० देखि ५:०० बजेसम्म सर्वसाधरणलाई टीका–प्रसाद प्रदान गर्नुहुने भएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार विजयादशमीको दिन राष्ट्रपति निवासमा राष्ट्रपति पौडेलको हातबाट टीका लगाउन चाहने ‘सम्माननीयहरू, माननीय उपप्रधानमन्त्री एवं मन्त्रीज्युहरू, व्यवस्थापिका–संसद्का माननीय सदस्य, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका प्रमुख एवं २:०० देखि ३:०० बजेसम्म टीका–प्रसाद ग्रहण गर्ने र सर्वसाधरणका लागि ३:०० देखि ५:०० बजेसम्म टीका–प्रसाद गर्ने कार्यक्रम निर्धारण गरिएको छ ।

अतिविशिष्ट, विशिष्ट तथा सर्वसाधारणलाई राष्ट्रपति निवासमा टीका–प्रसाद ग्रहण गर्न आउँदा मर्यादित पोशाकमा १ नं प्रवेशद्वारबाट आउन भनिएको छ ।रासस