७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो

बिरुवा उत्पादनले बदलिएको पहिचान

बिरुवा उत्पादनले बदलिएको पहिचान
अ+ अ-

रामपुर । पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुकका शिवप्रसाद बस्यालको दैनिकी तरकारीका बिरुवा उत्पादन र बिक्रीमै बितिरहेको छ । बिगत एक दशकदेखि यस व्यवसायमा आबद्ध रहनुभएका बस्यालले समयानुकूल विभिन्न जातका तरकारीका बिरुवा उत्पादन गरिरहनुभएको छ ।

उहाँको नर्सरीमा यतिबेला काउली, बन्दालगायतका बिरुवा बिक्री भइरहेका छन् । बेमौसमीयामलाई मध्यनजर गर्दै बिरुवा उत्पादन गर्ने बस्यालले यस व्यवसायबाट नाम र दाम दुवै मिलेको बताउनुभयो । “बिरुवा उत्पादन सुरु गरेदेखि समाजमा मेरो पहिचान फेरिएको छ, छोटो समयमा आम्दानी हात परिरहेको छ, घरमै बसेर बिरुवा उत्पादन गरी बिक्री कार्यमै दिनहरू बित्छन्”, उहाँले भन्नुभयो ।

तरकारी खेतीको तुलनामा बिरुवाबाट छोटो समयमा आम्दानी तत्काल लिन पाइने, बिरुवा बिक्रीका लागि समस्या नरहेको बस्यालले बताउनुभयो । व्यावसायिक तरकारी खेती गर्नुभएका उहाँले तरकारीको बजारीकरण, उत्पादन लिन धेरै समय, रोग कीराको समस्याका कारण एक दशकयता भने बिरुवा उत्पादनलाई जोड दिनुभएको छ ।

“तरकारीको तुलनामा बिरुवाबाट धेरै फाइदा छ, तरकारीले बजार नपाएर कुहाएर फाल्नुपर्ने अवस्था पनि आउँछ”, उहाँले भन्नुभयो, “लागतअनुसारको मूल्य पाइँदैन, रोग कीराले सताउने गर्छ, बिरुवा बेच्न धेरै सजिलो छ ।” उहाँले एक वर्षमा करिब रु एक लाख बराबरको बिरुवा बिक्री गर्नुहुन्छ । नर्सरीबाटै धमाधम बिरुवा बिक्री भइरहेको छ ।

पाल्पाको रामपुरलगायत छिमेकी जिल्ला, स्याङ्जा, तनहुँलगायतका स्थानबाट ग्राहक घरमै बिरुवा खरिद गर्न आउने गरेको बस्यालको भनाइ छ । बिरुवा बिक्रीबाट घर खर्च चलाउन धेरै सजिलो भएको उहाँ बताउनुहुन्छ । बस्यालले बिरुवा उत्पादनका अलवा पशुपालन, कुटानी पिसानी मिलसमेत सञ्चालन गर्दै आउनुभएको छ ।

सोही ठाउँकै अर्का कृषक राधिका बस्यालले बिरुवा बिक्रीबाटै गत वर्ष रु एक लाख ४० हजार बराबरको आम्दानी गर्नुभयो । यस वर्ष पनि सो बराबरकै आम्दानी हुने उहाँको अनुमान छ । विगत आठ वर्षदेखि बिरुवा उत्पादन गरिहनुभएकी राधिकाले यस व्यवसायबाट आफू समाजमा चिनिने अवसर पाएकामा खुसी व्यक्त गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “पहिला घरपरिवार, आफन्त, साथीभाइले मात्रै चिन्नुहुन्थ्यो, अहिले यस व्यवसायका कारण धेरैका सामु व्यावसायिक कृषकको रूपमा परिचित हुन पाउँदा खुसी लागेको छ ।” बिरुवा उत्पादनका अलवा घरमा पशुपालन, धान, गहुँ, मकै, तरकारी खेती गरिरहेको उहाँ बताउनुहुन्छ ।

आफँैले बिरुवा उत्पादन गरेर बिक्री गर्न थालेपछि अरुको भर पर्नु नपरेको उहाँको भनाइ छ । घरायसी कामधन्दासँगै आयआर्जनका लागि मौसमी तथा बेमौसमी विभिन्न जातका बिरुवा लगाएर आत्मनिर्भर बन्न सकिने राधिकाको अनुभव छ ।

यतिबेला यहाँका किसानलाई ग्राहकको मागअनुसार बिरुवा पुर्याउन समस्या भइरहेको छ । बेमौसमी बिरुवा उत्पादन गर्ने किसान कम भएकाले बिरुवा खरिद गर्न आउने बर्सेनि ग्राहक बढिरहेका छन् । बिरुवा राम्रो पाइने भएकाले पनि धेरै ग्राहकले खोजी–खोजी घरमै पुगेर खरिद गर्ने गर्दछन् ।

राम्रो मूल्य लिनका लागि यहाँका किसानले असोज र कात्तिकमा काउली, बन्दा, गोलभेँडा, ब्रोकाउली, प्याजका बिरुवा उत्पादन गर्छन् भने माघ र फागुनमा लहरेबालीका बिरुवा उत्पादन गरी बिक्री गरिरहेका हुन्छन् । बेमौसमीयामका बिरुवा भएकाले किसानले मूल्य राम्रै पाउँछन् । अहिले काउली र बन्दाको प्रतिबोट बिरुवा रु पाँचमा बिक्री भइरहेको छ । रासस