२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । कोशी प्रदेशमा कांग्रेस सांसदहरुले चालेको कदम बारे छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक राखेका हुन् ।

देउवाले मुख्यमन्त्रीमा नेकपा माओवादीका इन्द्र आङबोलाई समर्थन गर्ने निर्णय गरेपनि शेखर कोइराला निकट कोशीका सांसद केदार कार्कीले पार्टीका अरु ७ र नेकपा एमालेका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दावी गरेका छन् ।

यस्तै, कांग्रेसका सभापति देउवासहित शीर्ष नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसबाट सर्वसम्मत भएर जसको नाम आएपनि आफू मान्न तयार रहेको बताएका जनाईएको छ ।