२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानी मानवअधिकारकर्मी नर्गिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार



अ+ अ-

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी महिला अधिकारवादी नर्गिस मोहम्मदीलाई प्रदान गरिने भएको छ ।

नोबेल पुरस्कार समितिले शुक्रबार मोहम्मदीलाई इरानमा महिलामाथि हुने दमनविरूद्ध उनले गरेको लडाइँ र मानव अधिकार प्रवर्द्धन र सबैको स्वतन्त्रताका लागि गरेको योगदानका लागि नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको जनाएको छ ।

५१ वर्षीया मोहम्मदी अहिले जेलमा छन्। इरानी सरकारले उनलाई १३ पटक गिरफ्तार गरेको थियो भने ५ पटक दोषी ठहर गरेको थियो।

मोहम्मदी ३१ वर्ष जेल सजाय र १५४ कोर्राको सजाय सुनाइएको छ।

नर्गिसले पत्रकारका रूपमा इरानमा लामो समय काम गरेकी छिन् । उनले पत्रकारितामार्फत महिलामाथि भएका थिचोमिचोविरुद्ध आवाज उठाउँदै आएकी थिइन् । उनलाई यसै वर्ष संयुक्त राष्ट्र संघले प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गरेको थियो । नर्गिस सहित इरानी अन्य दुई पत्रकार निलोफर हमिदी र एलाहेह मोहम्मदीलाई राष्ट्र संघले गत मे मा प्रेस स्वतन्त्र पुरस्कार दिएको थियो ।

५१ वर्षीया नर्गिसले जेलबाटै महिलाविरुद्ध हुने यौन हिंसाका बारेमा आवाज उठाउँदै आएकी छिन् । इरानमा मानवअधिकारविरुद्धको लडाइँमा नर्गिस पर्यायवाची शब्द बनेको पुरस्कार घोषणा हुनुअघि नै सीएनएनले शुक्रबार प्रकाशित एक रिपोर्टमा उल्लेख गरेको छ ।

पटक पटक विभिन्न मुद्दामा जेल परेकी नर्गिस पछिल्लो पटक भने राष्ट्रिय सुरक्षामाथि आँच आउने र राज्यविरुद्ध दुष्प्रचार गरेको आरोपमा उनी जेल परेकी हुन् । उनी सन् २०२१ नोभेम्बर १६ मा इब्राहिम केताबदरको स्मृति समारोहमा सहभागी भएका बेला पक्राउ परेकी हुन् । इब्राहिम २०१९ को नोभेम्बरमा राष्ट्रव्यापी प्रदर्शनका क्रममा इरानी सुरक्षा फौजबाट मारिएका थिए ।

गत वर्ष नर्गिसको इरानी जेलमा महिलामाथि हुने गरेको दमनका बारेमा उनले ‘ह्वाइट टर्चर : इन्टरभ्युज विथ इरानियन वुमेन प्रिजनर्स’ पुस्तक प्रकाशित भएको छ ।

नोबेल पुरस्कार विजेताले १ करोड १० लाख स्विडिस क्रोनर (९ लाख ९७ हजार अमेरिकी डलर) र पदक प्राप्त गर्नेछन् । यस वर्षबाट पुरस्कार राशिमा १० लाख स्विडिस क्रोनर बढाइएको हो ।

गत वर्ष इरानमा एक युवतीको हिरासतमै मृत्यु भएपछि विरोध प्रदर्शन चर्किएको थियो । इरानी धार्मिक प्रहरीद्वारा पक्राउ परेकी एक युवतीको हिरासतमा मृत्यु भएपछि विरोध प्रदर्शन चर्किएको थियो । कुर्दिस्तानस्थित आफ्नो घरबाट राजधानी तेहरान जाने क्रममा २२ वर्षीया महसा अमिनीलाई हिजाबसम्बन्धी कानुन उल्लंघनको आरोपमा ‘गस्त–इ–इरसाद’ प्रहरीले पक्राउ गरेको थियो । २२ वर्षीया अमिनीको पक्राउ परेको तीन दिनपछि हिरासतमा मृत्यु भएको थियो ।