५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

विश्व अल्जाइमर्स दिवस: ‘अल्जाइमर्सले बिर्सने मात्रै होइन, कार्यक्षमतामै ह्रास ल्याउँछ’

विश्व अल्जाइमर्स दिवस: ‘अल्जाइमर्सले बिर्सने मात्रै होइन, कार्यक्षमतामै ह्रास ल्याउँछ’
सांकेतिक तस्बिर
अ+ अ-

चितवन । अल्जाइमर्स रोगले बिर्सने मात्रै नभएर कार्यक्षमतामा ह्रास ल्याउने विज्ञहरुको भनाइ छ । विश्वभर नै यो रोगका कारण धेरैले दु:ख पाउँदै आएका छन् ।

भरतपुर अस्पतालका न्यूरोलोजिष्ट (स्नायुरोग विशेषज्ञ) डा निरज गौतमले अल्जाइमर्स बिर्सने मात्रै समस्या नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले हाम्रो मस्तिष्कको कार्यक्षमतामा समेत ह्रास ल्याउँछ ।” उहाँले भविष्यमा के गर्ने भनेर योजना बनाउने कुरा, आज के खान्छु? कस्तो लुगा लगाउँछु ? जस्ता कुरामा समेत असर पार्ने बताउनुभयो ।

आमनागरिकले यो रोगलाई बुढेसकालमा लाग्ने रोग र बिर्सने समस्याका रुपमा बुझ्ने गरेको भन्दै उहाँले भन्नुभयो, “यो केही हदसम्म सही पनि हो, तर कतिपय समाजमा कतिपय मानिसहरुलाई सानै उमेरमा पनि यो समस्या आउने र धेरैजसो बिर्सने रोग अल्जाइमर्स मात्र नभएर थप अरु रोग पनि हुनसक्ने सम्भावना हुन्छ ।”

अल्जाइमर्सलाई बिर्सनेबाट सुरु भएको रोग मान्न सकिने जनाउँदै उहाँले अन्तिम अवस्थामा पुगेपछि मस्तिष्कले गर्ने सम्पूर्ण कार्यदक्षतमामा ह्रास आएर हिड्नमा अप्ठ्यारो हुने, हातखुट्टासमेत नचल्ने जस्ता समस्या हुने बताउनुभयो ।

विश्वमा करिब पाँच करोड व्यक्ति अल्जाइमर्स रोगबाट पीडित रहेको उहाँको भनाइ छ । सन् २०५० सम्म यो सङ्ख्या अहिलेको भन्दा तीन गुणासम्म बढ्न सक्ने अनुमान गरिएको उहाँ बताउनुहुन्छ । नेपालमा एकिन तथ्याङ्क उपलब्ध नभएता पनि करिब ८० हजारदेखि एकलाख २० हजारसम्म व्यक्तिलाई बिर्सने समस्या भएको गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तीमध्ये एक नम्बर कारण अल्जाइमर्स नै रहेको छ ।”

अल्जाइमर्स पहिचान गर्न कठिन हुने जनाउँदै उहाँले भन्नुभयो “यसको लक्षण सुरु भए पनि धेरै मानिसहरुले बुढ्यौलीपनकै समस्या भन्ने ठानेर त्यसलाई नजरअन्दाज गरेर बस्नुहुन्छ ।” आफ्नो दैनिक काम नै गर्न नसक्ने धेरै जटिल अवस्थामा पुगेपछि मात्र अल्जाइमर्स हो कि भनेर बिरामीलाई चिकित्स कहाँ लिएर आउने गरेको उहाँको अनुभव छ ।

जनमानसमा बुढ्यौलीपन र अल्जाइमर्सको बिर्सनेपन छुट्याउन कठिनाइ भएको कारणले गर्दा जटिल अवस्थामा मात्र बिरामीलाई चिकित्सक कहाँ ल्याउने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “धेरैजसो अल्जाइमर्स ६५ वर्ष कटेपछि नै हुन्छ, धेरै कम अल्जाइमर्स जसलाई हामी जेनेटिक अल्जाइमर्स पनि भन्छौं त्यो चाहिँ ६५ वर्ष उमेरभन्दा सानोमा पनि सुरु हुन्छ ।”

विश्वव्यापी सङ्ख्याले ६५ देखि ७५ वर्षको उमेरमा करिब एक हजार जना मानिसमध्ये पाँच जनालाई अल्जाइमर्स हुने र यो सङ्ख्या ८५ वर्ष उमेर कटेकामा भने एक हजार जनामध्ये ३७ देखि ४० जनामा हुने उहाँको भनाइ छ । उमेर बढ्दै जाँदा त्यसैगरी अल्जाइमर्स देखिँदै जान्छ ।

उमेरबाहेक उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, मोटोपना, शारीरिक व्यायामको अभावजस्ता कारणले अल्जाइमर्स हुने डा गौतम बताउनुहुन्छ । स्वस्थकर खानपान र सक्रिय जीवनयापन गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो, “चिल्लोपना, अत्यधिक मद्यपान र धूमपानले पनि अल्जाइमर्सलाई बढाउँछ ।”

अल्जाइमर्र्स आफैँमा क्रमश: बढ्दै जाने रोग भए पनि यो एकदमै विस्तारै हुन्छ । डा गौतमले भन्नुभयो, “अल्जाइमर्र्स आफैँबाट मृत्यु चाहिँ हुँदैन, हेरचाह राम्रो भयो भने ज्यानको खतरा हुँदैन ।” बुढेसकालमा सबैलाई अल्जाइमर्र्स हुन्छ नै भन्ने नभएको भन्दै उहाँले बिर्सने समस्या बढ्दै गएपछि चिकित्सकको परामर्श लिनुपर्ने बताउनुभयो ।

अल्जाइमर्र्सको औषधि दिएर कत्तिको सुधार हुन्छ भनेर हेर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “कसैलाई राम्रो फाइदा पनि हुन सक्छ, कसैलाई फाइदा गरेन भने औषधि रोक्नुपर्ने हुन सक्छ ।” बिरामीलाई घरपरिवारले राम्रो हेरचाह गर्नुपर्ने उहाँको भनाइ छ । रासस