२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनाव हार्नु र जित्नु सामान्य होः महामन्त्री शर्मा



file
अ+ अ-

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समाज रूपान्तरण गर्न र देश बनाउने अभियानलाई मजबुत बनाउन कांग्रेस एकजुट हुनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय सम्मेलन एवं तीज मिलन कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले वडा, गाउँ, नगर, क्षेत्र आदि सशक्त भएमा देश आफैँ बन्ने र पार्टी पनि मजबुत हुने बताउनुभयो ।

महामन्त्री शर्माले राजनीतिक उपलब्धिको स्थायित्व र समाज रूपान्तरणका लागि कांग्रेस अभियानलाई बढाउन जरुरी रहेको बताउनुभयो छ । “चुनाव हार्नु र जित्नु सामान्य प्रक्रिया हो”, उहाँले भन्नुभयो, “तर देश बनाउन र समाज रूपान्तरण गर्न कांग्रेस अभियान मजबुत बन्नुपर्छ ।”

संविधान निर्माण र राजनीतिक उपलब्धि हात पार्ने कुरामा नेपाली कांग्रेसले सधँै नेतृत्वदायी भूमिका खेलेको बताउँदै शर्माले प्राप्त उपलब्धिको रक्षा गर्ने जिम्मेवारी पनि कांग्रेसकै काँधमा रहेको उल्लेख गर्नुभयो ।

राम्रा कामको अनुकरण र प्रशंसा जुनसुकै दलबाट गर्न सकिने बताउँदै महामन्त्री शर्माले संविधान निर्माणका क्रममा तत्कालीन सभामुख सुवास नेम्वाङको शालीनता र भद्रताको प्रशंसा गर्दै उहाँको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय सुशीला ढकाल आचार्य र गोमा भट्टराई, झापा सभापति देउकुमार थेवे, कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागो, प्रमोदहरि गुरागाईंलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । रासस




भर्खरै