२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपः भारत र बंगलादेश औपचारिकताका लागि खेल्दै



अ+ अ-

एजेन्सी । एसिया कप–२०२३ को सुपर–४ चरणको अन्तिम खेल आज भारत र बंगलादेशबीच हुँदैछ । खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । टस दिउँसो २ः४५ बजे हुनेछ ।

फाइनलमा स्थान बनाइसकेको भारतीय टोलीसँग प्रतियोगितामा लगातार चौथो जित दर्ता गर्ने मौका छ । भारतले अहिलेसम्म एउटा पनि हार बेहोरेको छैन । प्रतियोगितामा भारतको यो पाँचौं खेल हुनेछ ।

पाकिस्तानसँगको पहिलो खेल भने निष्कर्षविहीन भएको थियो । त्यसपछि भारतले नेपाल, पाकिस्तान र श्रीलंकालाई हराएको थियो ।

बंगलादेशको टोली एसिया कपबाट बाहिरिएको छ । बंगलादेशले भारतविरुद्धको यो खेल जित्यो भने उसको २ अंक मात्र हुनेछ, जुन फाइनल पुगेका श्रीलंका र भारत दुबैभन्दा कम हुनेछ । तसर्थ यो खेल औपचारिकताका लागि मात्रै हुनेछ ।

हेड टु हेडः
भारत र बंगलादेशबीच अहिलेसम्म ३९ ओडिआई खेल भएका छन् । भारतले ३१ खेल जितेको छ भने बंगलादेशले ७ खेल जितेको छ । १ खेलको नतिजा आएको छैन । एकदिवसीय ढाँचामा, दुबै टोलीहरू अन्तिम पटक डिसेम्बर २०२२ मा आमने सामने भएका थिए, तीन खेलको शृंखलामा भारत २–१ ले पराजित भएको थियो ।

कोलम्बोमा शुक्रबार पानी पर्ने सम्भावना ८८ प्रतिशत छ । तापमान २५ देखि ३२ डिग्री सेल्सियस सम्म हुन सक्छ ।

कोलम्बोको आर प्रेमदासा स्टेडियमको पिच सामान्यतया स्पिनरहरूका लागि अनुकूल रहेको छ । यहाँ ब्याट्सम्यानले पनि राम्रो सहयोग पाएका छन् । अर्कोतर्फ, फास्ट बलरहरूले यस मैदानमा कठिनाइको सामना गर्छन् ।