५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सांसदहरु भन्छन्ः ‘संसदमा आजैबाट नेम्वाङको अभाव खड्किसक्यो’

सांसदहरु भन्छन्ः ‘संसदमा आजैबाट नेम्वाङको अभाव खड्किसक्यो’
अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख स्वर्गिय सुवासचन्द्र नेम्वाङको अभावको महशुस भइसकेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले प्रतिनिधि सभा बैठकमा स्व. नेम्वाङको अभाव आजैको बैठकबाट शुरु भइसकेको बताउनुभएको हो । उहाँले नेपाली राजनीतिले उहाँको अभावको क्षतिपूर्ति गर्न लामो समय कुर्नुपर्ने बताउनु भयो । उहाँले नेम्वाङ राजनीतिलाई निष्टा र संस्कृतिका साथ अगाडी बढाउनुपर्छ भन्ने वकालत गर्ने पात्र भएको बताउनु भयो । त्याग, निष्ठा, लगनशीलता, सहनशीलता र धैर्यताका साथ असहजतालाई पार लगाउनुपर्छ भन्ने नेम्वाङको मान्यता रहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘उहाँ एउटा नेपालको राजनीतिलाई एउटा निष्ठा र संस्कृतिका साथ अगाडी बढाउने त्यसप्रकारको सदैव वकालत गर्ने एउटा पात्र हुनुहुन्थ्यो । उहाँको अभावको महशुस आजैबाट शुरु भइसक्यो । नेपालको राजनीतिले यो क्षतिपूर्ति गर्नका लागि निकै लामो समय कुर्नुपर्छ । नेकपा(एमाले)को जीवनमा त यसले असाधारण असहजता प्रदान गरेको छ नै । सिंगो देशले नै निकै ठूलो अभावको महशुस गर्छ । हामी जस्तो युवा पुस्ताको लागि त उहाँ एउटा विश्वविद्यालयको रुपमा हुनुहुन्थ्यो । त्याग, निष्ठा, लगनशिलता, मिजास, सहनशीलता, धर्यता र सबै अपm्ठ्यारो असहजताहरुलाई पनि संवाद र सहकार्यको माध्यमबाट अगाडी बढाउनुपर्छ भन्ने मान्यता राख्ने व्यक्तित्व हुनुहुन्थ्यो ।’

नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले नेम्वाङको शालिन व्यवहारका कारण संविधान सभा तथा संसदमा सबैलाई मिलाएर जान सकेको बताउनु भयो । शालिन व्यवहार प्रश्तुत गर्दै सबै पार्टीलाई विषयवस्तुमा केन्द्रित गराएर छलफल गर्नसक्ने क्षमता उहाँमा रहेको भन्दै पाण्डेले नेम्वाङको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘उहाँको संविधान निर्माणदेखि लिएर संसद चलाउने सिलसिलामा पनि उहाँको शालिन व्यवहार, सबै पक्षलाई मिलाएर लिएर जाने जे स्वभाव थियो । सधैभरी त्यस्तै मान्छे, त्यस्तै नेता फेला पर्दैनन् । उहाँको शालिन व्यवहार, नरिसाउने स्वभाव, सबै पार्टीलाई समेटेर विषयवस्तुमा केन्द्रित गराएर छलफल गर्ने बानि छ ।’

त्यस्तै, नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेपालका कम्युनिस्ट तथा वामपन्थी आन्दोलनलाई एकै ठाउँमा राख्नुपर्छ भन्ने कुरामा नेम्वाङले जोड दिने गर्नुभएको बताउनु भयो । कम्युनिस्टहरु मिलेर जानुको विकल्प छैन भन्ने कुरामा उहाँ दृढ रहेको पौडेलको भनाई छ ।

उहाँले भन्नुभयो – ‘उहाँ संस्कृतिको हिसावले निकै सरल र सहज । नेपालको अहिलेको संस्कृतिलाई कहीँ न कहीँ ग्रहण गर्नुपर्छ भन्ने प्रकारको स्वभावको व्यक्तित्व हुनुहुन्थ्यो । विचारको हिसावले उहाँ संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध हुनुहुन्थ्यो । पछिल्लो संविधान र यो प्रणाली ल्याउनको निम्ति उहाँको पनि महत्वपूर्ण भुमिका छ । त्यस हिसावले हामीले ठूलो क्षतिको महशुस गरेका छौँ । यसपछि जनताकेन्द्रित समाजवादमा जाने हो भन्ने कुरामा उहाँ प्रतिवद्ध हुनुहुन्थ्यो । नेपालको कम्युनिस्ट, वामपन्थी आन्दोलनलाई एकै ठाउँमा राख्नुपर्छ भन्नेमा पनि उहाँ प्रतिवद्ध, दृढ र लगनशील हुनुहुन्थ्यो । पछि पनि मिलेर जानुको विकल्प छैन भन्ने कुरामा उहाँ दृढ हुनुहुन्थ्यो ।’

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले देशमा शान्ति प्रक्रियाको काम टुंगिन बाँकी रहेको उल्लेख गर्दै नेम्वाङ जीवित भइदिएको भए शान्ति प्रक्रिया टुंग्याउन र संविधान कार्यान्वयन गर्न उहाँको विशेष भुमिका हुने बताउनु भयो । नेम्वाङले जातिय र धार्मिक मुद्दाको आधारमा नभइ लोकतान्त्रिक विधि र पद्धतिको आधारमा प्रतिष्पर्धा गर्नुपर्छ भन्ने विश्वास बोकेको उहाँको भनाई छ । नेपालको तत्कालिक राजनीतिमा उहाँ जत्तिको समन्वयकारी भुमिका गर्ने नेता भेट्न गाह्रो पर्ने सांसद पौडेलको भनाई छ ।

उहाँले भन्नुभयो – ‘शान्ति प्रक्रिया टुंग्याउने, संविधानलाई सम्पूर्ण रुपमा कार्यान्वयन गराउने सन्दर्भमा सुवास नेम्वाङको विशेष भुमिका हुनसक्थ्यो । जातिय, धार्मिक मुद्दाको आधारमा होइन लोकतान्त्रिक विधि र पद्धतिको आधारमा प्रतिष्पर्धा गर्नुपर्छ भन्ने विश्वास बोकेका एउटा नेताको अवसानले हामीलाई केही समय उहाँको खडेरी महशुस गराउँछ । तत्कालका लागि समन्वयकारी भुमिका गर्ने अर्को नेतृत्व हामीले तुरुन्तै सुवास नेम्वाङकै उचाइमा भेट्न गाह्रो छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेम्वाङ राजनीतिमा सहमति, समन्वय गरेर अगाडी बढाउने व्यक्ति भएको बताउनु भयो । राष्ट्रिय मुद्दाहरुमा सबैजना एक ठाउँमा बसेर काम गर्नुपर्छ भन्ने धारणा नेम्वाङमा रहेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘नेपालको राजनीतिमा सहमती, समन्वय र सबै पार्टीहरु मिलेर विशेषगरी राष्ट्रिय मुद्दाहरुमा एक ठाउँमा बसेर काम गर्नुपर्छ भन्ने थोरै नेताहरु मध्ये अब्बल र एक नम्बरमा सुवास नेम्वाङज्यु पर्नुहुन्थ्यो । उहाँबाट धेरै कुरा सिकेका छौँ हामीले । योपालि हामी राष्ट्रिय मुद्दाहरु धेरै टुंग्याउने तरखरमा थियौँ ।’

नेकपा(एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले असहज परिस्थितिमा खुट्टा कमाइदिएको भए संविधान सभाबाट संविधान जारी नहुने बताउनु भयो । कम्युनिस्ट पार्टीहरु एकतावद्ध भएर अगाडी बढ्नुपर्ने नेम्वाङको धारणा रहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संविधान सभाबाट संविधान जारी गर्न जुन बेला असहज परिस्थिति थियो, त्यो बेला उहाँले अलिकति खुट्टा कमाइदिएको भए सायद अहिले हामीले यो संविधान पाउने थिएनौँ । कम्युनिस्टहरुलाई एकतावद्ध रुपमा लैजानुपर्छ । एकता गर्नुपर्छ । भन्ने धारणा भएको व्यक्ति त्यसमा पनि कसैलाई पनि नबिझाउने, कम्युनिस्ट मात्रै होइन सिंगो राष्ट्रलाई पनि एक बनाएर लैजानुपर्छ भन्ने । कहिल्यै नरिसाउने व्यक्ति । हामीले नबुझेको कुरा झर्को नमानिकन हामीलाई सिकाउनु हुने आदरणिय व्यक्ति हुनुहुन्थ्यो ।’

उहाँले संसदीय काम, कारबाहीमा आफूहरुले नबुझेका कुरा सोध्दा स्व. नेम्वाङले झर्को नमानिकन सिकाउने गरेको स्मरण गर्नुभयो ।