२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढाकाकुमार श्रेष्ठसँग पैसा मागेको आरोप लागेका नेतामाथि छानबिन भइरहेको छः सन्तोष परियार



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टीका पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठलाई मन्त्री बनाइदिने भनि पैसा माग गरेको आरोप लागेका पार्टीका नेतामाथि छानबिन भइरहेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले पूर्व सांसद डा. श्रेष्ठसँग पैसा मागेको आरोप लागेका पार्टीका केन्द्रिय सदस्य मोहनजंग थापामाथि छानबिन भइरहेको बताउनुभएको हो । उहाँले आरोप प्रमाणित भए थापालाई पनि कारबाही गरिने बताउनु भयो । उहाँले छानबिन प्रक्रियालाई पनि छिट्टै टुंग्याउने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामी त्यसको पनि छानबिन गरिरहेका छौँ । जसरी उहाँले गरेका कुरा प्रमाणित भएर उहाँलाई पार्टीले जसरी कारबाही ग¥यो । त्यसैगरी उहाँले अहिले बोलेका कुराहरु सत्यतथ्य प्रमाणित भयो भने त्यहाँपनि कारबाही हुन्छ । हामी छानबिन गर्दैछौँ त्यो टुंग्याउँछौँ । चाँडै नै हुन्छ ।’

रास्वपाका पूर्व सांसद डा. ढाकाकुमार श्रेष्ठले मन्त्री बनाउन पार्टीलाई पैसा बुझाउनुपरेको भन्दै एक मेडिकल व्यवसायीसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएसँगै उनलाई पार्टीले सांसद पदबाट पदमुक्त गरेको थियो । डा. श्रेष्ठले पछिल्लो समय केही सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै आफूलाई मन्त्री बनाउने प्रलोभन दिँदै पार्टीको केन्द्रिय सदस्य मोहनजंग थापाले पैसा मागेको आरोप लगाउनुभएको थियो ।