५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी)द्वारा कार्यविभाजनमा हेरफेर

नेकपा (एकीकृत समाजवादी)द्वारा कार्यविभाजनमा हेरफेर
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आफ्ना पार्टीका नेताहरूको कार्यविभाजनमा हेरफेर गरेको छ । केन्द्रीय सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै जारी गर्नुभएको अन्तरपार्टी निर्देशन ९अपानि०मा गरिएको पछिल्लो कार्यविभाजनअनुसार अध्यक्ष नेपालले समग्र पार्टी कामको नेतृत्व गर्नुहुने छ । महासचिव घनश्याम भुसालले समग्र साङ्गठनिक कामका साथै मोर्चा सङ्गठनका कामको विशेष अनुगमन गर्नुहुनेछ ।

त्यस्तै, नेता झलनाथ खनाल विदेश विभाग प्रमुखका रुपमा रहनुहुनेछ भने उपप्रमुखमा उपाध्यक्ष प्रमेश हमालले जिम्मेवारी पाउनुभएको पार्टी कार्यालयले जनाएको छ । पार्टीको प्रतिष्ठानहरूअन्तर्गत इन्चार्जको जिम्मेवारी प्रदीप नेपालले पाउनुभएको उपाध्यक्ष हमालले बताउनुभयो ।

पूर्वमन्त्री पराजुलीलाई सचिवमा मनोनित

एकीकृत समाजवादीले पूर्वमन्त्री हरि पराजुलीलाई सचिवमा मनोनित गरेको छ । हालै सम्पन्न पार्टीको केन्द्रीय सचिवालयको बैठकले पराजुलीलाई सचिवमा मनोनित गरेको पार्टीका उपाध्यक्ष हमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पराजुली वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान हुँदै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको थियो । बैठकले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । यही भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयानुसार उहाँहरूलाई केन्द्रीय सदस्य मनोनित गरिएको हमालको भनाइ थियो ।

केन्द्रीय सदस्यमा अजबहादुर मल्ल, ओमचरण अमात्य, गौतम राई, सुदेश पराजुली, गोविन्द चेपाङ, चन्द्रा श्रेष्ठ, चिरञ्जीवी भट्टराई, जयप्रकाश यादव, दीपक केसी, धनबहादुर कार्की, धर्म शाही, नन्द बञ्जाडे, बरुनाथ योगी, बैकुण्ठ भुसाल, भक्तिमान सुब्बा, मीना लामा, रामप्रसाद ढुङ्गाना, लङ्क हमाल, शालिकराम भट्टराई, शिवकुमारी खनाल र शैलेन्द्र उपाध्याय मनोनित हुनुभएको छ । रासस