५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

तीजको मौलिकता हराएकामा चिन्ता

तीजको मौलिकता हराएकामा चिन्ता
अ+ अ-

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१४ का ६६ वर्षीया तेजीकला पाध्याय तीजको समयमा गाइने नारी वेदनाका गीत अझै पनि गुनगुनाउनुहुन्छ । पहिले पहिले दिदीबहिनी माइतिघरको पिँढीमा जम्मा भएर गाउने गीत उहाँको मनसपटलमा अझै ताजै छन् । हिजोआज यस्ता गीत गाउन साथी भेट्नै मुस्किल परेको पाध्यायले सुनाउनुभयो ।

उहाँ भन्नुहुन्छ, “अहिले वेदनाका गीत गाउन खोजे पनि साथी भेटिदैनन्, सबै पार्टी प्यालेस र होटल जान्छन्, कसलाई वास्ता छैन यस्ता गीतकोे, मलाई त यो संस्कार नै हराउने हो की भन्ने पीर लाग्छ ।” तीज नजिकिँदै गर्दा पहिलेपहिले गाउँघर, चौतारामा महिला दिदीबहिनी दु:खसुखका गीत गाउँदै रमाउने गरेको उहाँ सम्झिनुहुन्छ ।

आधुनिकतासँगै यो संस्कार पनि हराउन थालेको छ । त्यसका कारण आजभोलिको तीज खल्लो लाग्ने गरेको गैँडाकोटकी रीता कँडेलले बताउनुभयो । साँझ परेपछि पालैपालो छिमेकीको घरमा जम्मा भएर गीत गाउने गरेको सम्झना कँडेललाई अस्ति भर्खर जस्तै लाग्छ । हिजोआज यस्तो रमाइलो नपाउने गरेको उहाँको भनाइ छ ।

“गीतलाई आधुनिकताले छपक्कै छोपेको छ, देखासेकी बढेको छ, तीज दु:ख बिर्साउने होइन खर्च बढाउने चाँड जस्तै बनेको छ, जो मलाई राम्रो लागेको छैन्”, उहाँले भन्नुभयो । ‘स्पिकर’मा बज्ने गीतले रमाइलो गराए पनि आनन्द भने दिँदैन भन्नुहुन्छ अर्का स्थानीय सरिता घिमिरे । विगतका दिनमा गाउँघरमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दु:खसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको अनुभव उहाँसँग छ तर पछिल्लो समय यसमा आएको परिर्वतन उहाँलाई राम्रो लागेको छैन् ।

“पहिलेका गीतमा नारी वेदना हुन्थ्यो, खाना सादा हुन्थ्यो, स्वस्थ हुन्थ्यो, रमाइलो र आनन्द त्यसमा पो थियो”, उहाँले भन्नुभयो, “अहिलेको तडकभडकमा के नै रमाइलो छ र, मात्र देखावटीपन छ, पहिले खानामा गुन्द्रुक, तामाको तरकारी हुन्थ्यो, अहिले त्यो स्वाद कहाँ हरायो ।”

तीज नेपाली नारीको महान् चाँड हो । यसको अर्को विषेशता नारी वेदना समेटेर गाइने गीत हो । पहिले पहिले तीज आएँसगै गाउँघरका दिदी बहिनी एकै ठाउँमा बसेर दु:ख र वेदनाका गीत गाउँथे । पछिल्लो समय यस्तो चलन कम हँुदै गएको छ ।

उहाँ भन्नुहुन्छ, “एक दशकअघि प्रत्येक घरका पिँढीमा दिदीबहिनी भेला हुन्थे, सुखदु:खका गीत गाउँथे, रमाइलो गर्थे, गाउँघरमा रमाइलो छाउँथ्यो, पीडा र वेदनका गीत पनि गाउँथे, समाजका विकृति र विसङ्गति पनि गीत मार्फत गाउँथे, पर्व एउटा सकारात्मक परिवर्तनका लागि आवाज उठाउने जस्तो थियो, पिँढीमा हुने रमाइलो अहिले पार्टी प्यालेसमा सरेको छ, दु:खसुखका गीतबाट दिदीबहिनी हिन्दी गीतमा पुगिसकेका छन् ।”

यो सांस्कृतिक विरासतको ओरालो यात्रा भएको कतिपयको धारणा छ । नेपाली महिलाहरुले तीजलाई पवित्र पर्वका रुपमा मनाउँदै आए पनि पछिल्लो समय तीज मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको महिलाहरुले नै गुनासो गरेका छन् । तीजमा गाइने गीत र मनाउने शैलीमा आएको तडकभडकका कारण तिजको मौलिकता हराउँदै गएको छ ।

तीज आउनुभन्दा एक महिना अगाडिबाटै दर खाने प्रचलन बढेको छ । कुनै समय एउटा घरमा जम्मा भएर दर खाने दिदीबहिनी आज भोलि होटल र पार्टी प्यालेसमा भेटिने गरेका कँडेल बताउनुहुन्छ । उहाँका अनुसार वेदनाका गीतमा नाच्ने महिला अहिले बजारमा आएका रत्यौली गीतमा रमाउँछन् ।

दिन प्रतिदिन परम्परागत संस्कृति र संस्कार अनुसारको नेपाली मौलिकपन हराउँदै गएकामा नयाँ पिँढीका महिला पनि चिन्तित छन् । तर तिजको समयमा यसको मौलिकता बचाउन विभिन्न सङ्घसंस्थाले राख्ने प्रतियोगिताले भने यसको संरक्षणमा थोरै भए पनि टेवा पुर्‍याएको गैँडाकोटकी सरिता सापकोटाको भनाइ छ । “प्रतियोगिता नै सही यसरी विभिन्न सङ्घसंस्थाले राखेको कार्यक्रमले हराउन लागेको संस्कारलाई बचाउने काम गरेको छ”, उहाँले भन्नुभयो । महिला दिदीबहिनीले आफ्नै वेशभूषामा सजिएर तीज पर्व मनाउन सके संस्कृतिको संरक्षण हुने अग्रजहरुको सुझाव छ । रासस