५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

ओझेलमा परेको रामजानकीको विवाह मण्डप बन्दै

ओझेलमा परेको रामजानकीको विवाह मण्डप बन्दै
जनकपुरधाम
अ+ अ-

महेन्द्रनगर । भगवान् रामजानकीको विवाह भएको वास्तविक विवाह मण्डप जनकपुरधाम उपमहानगरपालिका– १३ मनिमण्डपमा निर्माण थालिएको छ ।

तेत्रा युगमा अयोध्याका राजकुमार राम र मिथिलाकी राजकुमारी जानकीबीच भएको विवाह यसै मनिमण्डपमा भएको धार्मिक विश्वास छ । पछि जानकी मन्दिर छेउमै विवाह मण्डप बनाइएपछि ओझेलमा परेको यो विवाहमण्डप भव्य नयाँ स्वरुपमा बनाइँदै छ । मनिमण्डपको उत्तरतर्फ आकर्षक कलाकृतिसहितका भवन बन्दैछन् । चारैतिर पर्खालले घेरिएको जग्गामा रामायणकालको झल्को दिने गरी विवाह मण्डप बनाउन लागिएको छ ।

अहिले उक्त मण्डपमा रामजानकीको विवाहमा भएजस्तै सम्पूर्ण सामग्रीको व्यवस्था गर्न लागिएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन विभागको सङ्घीय आयोजना कार्यान्वयन इकाईले कूल रु १८ करोड १५ लाख २२ हजार नौ सय ७३मा निर्माण गर्न लागेको उक्त मण्डपको ठेक्का रविना कन्ट्रकशन प्राली ले अगामी मङ्सिर २२ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी पाएको थियो ।

उक्त मण्डपको हालसम्म करिव ७५ प्रतिशत वित्तीय र ८० प्रतिशत भौतिक प्रगति भइरहेको उक्त कार्यालयका सूचना अधिकृत इञ्जिनीयर लक्ष्मण यादवले बताउनुभयो । हालसम्म रु १३ करोड ३५ लाख ३६ हजार छ सय खर्च भइसकेको मण्डप आसपास पौराणिकपन झल्किने गरी राजा जनकको दुई तले दरबार, २५ वटा विश्राम कक्ष, दुई वटा डायनिङ कक्ष, बरबधुको विश्रामका लागि एक धर्मशाला, एकवटा स्वयम्बर मण्डपसहित दुई वटा मण्डप र २१ वटा शैचालयलगायत संरचना निर्माण गरिने इञ्जिनीयर यादवले बताउनुभयो ।

यस विवाह मण्डपलाई पर्यटनको केन्द्र बनाउन र जनकपुरधामलाई पवित्र र धार्मिक वैवाहिक गन्तव्यका रुपमा विकास गराउन लागिएको वडा नं १३ का वडाध्यक्ष जतबहादुर राउतले बताउनुभयो ।

विभागबाट खटेका विशेषज्ञले डिजाइन गरेको सो विवाह मण्डपमा गुठी संस्थानले भौतिक संरचना निर्माणका लागि साँढे चार बिघा जग्गा उपलब्ध गराएको थियो ।‘डबल हाइट पब्लिक कोर्ट रूम’ पनि बन्दैछ जसमा ३० जना अटाउने छन् । मण्डप छेउमा प्रसाद र शृङ्गारका सामान बेच्न व्यापारिक भवन पनि बनाइएको छ ।

जानकी मन्दिरकै शैलीमा यी भवनको डोम र गुर्जा बनाउने सम्झौता रहेको र त्यसअनुसार काम गर्न भारतको राजस्थानबाट बुट्टा बनाउने मिस्त्री ल्याउनु परेको, कोरोना सङ्क्रमणका बेला छ वटा गुर्जा बनाउन नौ महिना लागेकामा हाल धमाधम काम भइरहेको इञ्जिनीयर यादवले बताउनुभयो ।

प्लास्टर, पुटिङ, बुट्टा, फिनिसिङलगायत काम हुँदैछ । मार्बल लगाइँदै छ । फर्निचर, विद्युत् र पेन्टिङको काम भने बाँकी छ । अहिले सुविधा सम्पन्न र आकर्षक यी संरचना देखेर यहाँका बासिन्दा दङ्ग छन् । आयोजना सम्पन्न हुनै लाग्दा अव देश विदेशबाट तीर्थालु आउने र व्यापार–व्यवसाय बढ्ने भएपछि बल्ल विकासको आशा पलाएको स्थानीयवासी विनोद साहले बताउनुभयो । जनकपुरधामको मुख्य बजारदेखि करिब तीन किलोमिटरको टाढा रहेको यो स्थानलाई राज्य र जनकपुरधामकै बजार क्षेत्रका साधुसन्तले अहिलेसम्म ओझेलमा पार्ने काम गरेको विवाह मणिमण्डप विकास समितिका अध्यक्ष नरायण राउतले गुनासो गर्नुभयो ।

विवाहा मण्डप निर्माण भएपछि नेपाल र भारतका साथै अन्य मुलुकबाट पनि दर्शनको लागि यात्रु आउने उहाँको भनाइ थियो । रासस