२ पुष २०८२, बुधबार
,
Latest
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐंचोपैँचोको प्रिमियरमा एकसाथ देखिए माधव नेपाल, गणेश तिमिल्सिना, महेश बस्नेत, रघुजीपन्त र प्रेम आले



अ+ अ-

काठमाडौँ । आजबाट देशभरका सिने हलमा प्रदर्शन शुरु भएको नेपाली चलचित्र ऐंचोपैँचोको प्रिमियर शो बुधवार काठमाडौंमा भयो ।

फिल्मको प्रिमियर शोमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, उपसभामुख इन्दिरा राना, एमाले नेता रघुजी पन्त, महेश बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाही, नेकपा (एकीकृत समाजवादी) का नेता प्रेम आले लगायतका नेताहरु उपस्थित हुनुहुन्थ्यो ।

साँझ ६ बजेदेखि शुरु भएको चलचित्रको प्रिमियर शोमा अन्य राजनीतिक दलका नेताहरु र कलाकारहरुको उपस्थिति बाक्लो थियो । सामाजिक र राजनीतिक कथावस्तुमा आधारित चलचित्र ऐंचोपैँचोले देशका राजनीतिक विकृति र विसंगतिमाथि व्यंग्य गरेको छ । चलचित्रको प्रिमियर शोपछि सिने पत्रकारहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का नेता प्रेम आलेले फिल्ममा गरिवको पक्ष्ँमा लड्दा लड्दा कहिले धनी बनियो भन्नेकुरा थाहा नै नभएको कुरालाई चलचित्रमा देखाइएको बताउनु भयो ।

उहाँले चलचित्र सत्यतामा आधारित रहेको बताउनु भयो । उहाँले राजनीतिलाई पेशा गराउनु नहुने सन्देश फिल्मले दिएको बताउनु भयो । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले चलचित्र राजनीतिक र सामाजिक कथावस्तुमा आधारित रहेको बताउनु भयो । उहाँले चलचित्रले दलको सिण्डिकेट र त्यहाँ भित्र भएका विकृतिलाई उजागर गरेको बताउनु भयो ।

उहाँले नेपालको चलचित्र क्षेत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नभइ सञ्चार तथा सूचना, प्रविधि मन्त्रालयअन्तर्गत राखिएकोप्रति आपत्ति जनाउनु भयो । प्रिमियर शोपछि बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले परिवर्तन गर्न युवा शक्ति आफैँ जागरुक हुनुपर्छ भन्ने किसिमले चलचित्रको दोस्रो भाग आउनुपर्ने बताउनु भयो ।

चलचित्रको प्रिमियर शोपछि बोल्दै अभिनेता सोभित बस्नेतले कृषा चौलागाईंले पुरुषहरुलाई चुनौति दिएर चलचित्र निर्देशक गर्दै आइरहेको र चलचित्र उत्कृष्ट बनेको बताउनु भयो । फिल्म देखेर नेताहरु दु:खी भएपनि कार्यकर्ता खुशी हुने बताउनु भयो । त्यस्तै अभिनेता सलोन बस्नेतले चलचित्र उत्कृष्ट रहेको र देशको सामाजिक र राजनीतिक समस्यालाई देखाइएको बताउनु भयो ।

त्यस्तै अभिनेत्री दीपाश्री निरौलाले सबै नेपाली चलचित्र आफ्नो जस्तो लाग्ने बताउँदै आफ्नै फिल्मको प्रिमियर भएको जस्तो लागेको बताउनु भयो । उहाँले हरेक नेपाली चलचित्र आउँदै गर्दा कस्तो बन्यो होला ? भन्ने कौतुहलता हुने गरेको बताउनु भयो । त्यस्तै अभिनेत्री स्वस्तिमा खड्काले आफ्नो ८ वर्षीय फिल्मी करियरमा पहिलो पटक प्रिमियर शो भएको बताउनु भयो ।

राजनीतिक कथावस्तुमा आधारित चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोशिस क्षेत्री, बुद्धि तामाङ लगायतको मुख्य अभिनय छ । ‘ऐंचोपैँचो’ लाई कृषा चौलागाईंले निर्देशन गर्नुभएको हो ।