२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
राष्ट्रपति रनिङ सिल्डमा बागमती टिम च्याम्पियन विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पशुपति प्रसाद २: भष्मे डन’को पहिलो गीत सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं। विपिन कार्की स्टारर फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’ को पहिलो गीत सार्वजनिक भएको छ ।

बिहीबार जनैपूर्णिमाको अवसर पारेर चलचित्रले ‘दुई चुल्ठी बाटन’ बोलको गीत यूट्युवमा सार्वजनिक गरेको हो ।

विपिन कार्की, आँचल शर्मा र निश्चल खड्काको नृत्य रहेको गीतमा मेलिना राई र निशान भट्टराईको स्वर दिएका छन् । आँचल र निश्चललाई सिनेमाको यही गीतमा मात्रै विशेष भुमिकामा देख्न सकिने निर्माण टिमले जनाएको छ । बि पाण्डेको शब्द रचना तथा सुवास भुषालको संगीत रहेको उक्त गीतको कोरियोग्राफी प्रविन सिंहको रहेको छ ।

आगामी दशैंमा प्रदर्शनको तयारीमा रहेको सिनेमा दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । फिल्मको निर्माता समेत रहेका खगेन्द्र लामिछानेको लेखन रहेको सिनेमामा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगरको अभिनय रहेको छ ।

टुकी आर्टसको ब्यानरमा निर्माण भएको चलचित्रमा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहेको छ ।