४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोलामाथि राखिएको स्ल्याब हटाउन कपनमा पुग्यो महानगरको डोजर



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका-७ स्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन नगरप्रहरीको टोली कपन पुगेको छ ।

बुढानिलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिका वडा नम्बर ७ को सीमाना पर्ने कपन खोलामाथि राखिएको स्ल्याब हटाउन डोजरसहित महानगरको नगरप्रहरीको टोली कपन पुगेको हो ।

काठमाडौं महानगरपालिकाले कुनै जानकारी नदिई एकाएक कपन साततलेमा डोजर लगेको भन्दै स्थानीय र नगरप्रहरीबीच झडप समेत भएको छ ।

झडपपछि महानगरको वडा नम्बर ७ का वडाध्यक्ष र बुढानिलकण्ठ नगरपालिकाको मेयर मिठाराम अधिकारीबीच वार्ता भइरहेको छ ।

गगन थापाको निर्वाचन क्षेत्र समेत रहेको कपनमा बर्षेनी बाढि र डुबानले सताउने गरेको छ । काठमाडौं महानगरपालिकाले अहिले खोलामाथि राखिएको स्ल्यापहरु हटाउदै आईरहेको छ । केही दिन अघि मात्रै महानगरले सामाखुसी खोला खुला गरेको थियो ।