५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सुन तस्करी प्रकरणबारे फोरेन्सिक ल्याबको रिपोर्ट सार्वजनिक गर्न रास्वपाको माग

सुन तस्करी प्रकरणबारे फोरेन्सिक ल्याबको रिपोर्ट सार्वजनिक गर्न रास्वपाको माग
file photo
अ+ अ-

काठमाडौँ । संसदको चौथो ठूलो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसद भवनबाहिरै संसदको अभ्यास प्रश्तुत गरेको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करी प्रकरणलाई लिएर सदन अवरोध गरेपछि रास्वपाले संसद भवन अगाडि पार्टीका सांसदहरु भेला भइ संसदको अभ्यास प्रश्तुत गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सभापति रवि लामिछानेले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ संसदमा मंगलवार सुन तस्करी प्रकरणबारे दिनुभएको अभिव्यक्ति चित्तबुझ्दो नरहेको बताउनु भयो । उहाँले राजश्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धान सिआईबीलाई दिन कुन कानूनले दियो ? भन्दै प्रश्न समेत गर्नुभयो ।

उहाँले सुन तस्करी प्रकरणमा विभिन्न ठूला व्यक्ति र निकायहरुको संलग्नता रहेको दाबी गर्नुभयो । उहाँले विमानस्थलबाट पास हुनुले सुरक्षा निकाय र भन्सार विभागको मिलेमतो छैन भनेर सन्तुष्ट हुन नसकिने बताउनु भयो । उहाँले भन्सार विभागका केही कर्मचारी मात्रै हटाएर अनुसन्धान गर्दा अनुसन्धान न्यायपूर्ण हुन नसक्ने बताउनु भयो । उहाँले सुन तस्करी प्रकरणबारे फोरेन्सिक ल्याबबाट आएको कल रिपोर्ट सार्वजनकि गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गृहमन्त्रीज्युले हिजो दिनुभएको जवाफ त्यस जवाफलाई लिएर केही प्रश्न छन् । त्यसमा म केही कुरा राख्न चाहन्छु । गृहमन्त्रीजीले ३५ दिनको समय माग्नुभएको छ । राजश्व अनुसन्धानले गरिरहेको अनुसन्धानलाई सिआईबीमा लिएर जाने कुरा रह्यो, राज्यका निकायलाई विश्वास गरौँ । अभियोजनको प्रक्रियासम्म पुग्न दिऔँ भन्नेकुरा गर्नुभयो । गृहमन्त्रीजीलाई मेरो एउटा प्रश्न छ, कुन कानूनमा टेकेर गर्नुभयो होला, सिआईबीलाई नदिने, भनेको होइन, मैले सिआईबीलाई दिने कुराको बिरोध गरेको पनि होइन । कुनैपनि प्रक्रियामा जाँदा कुनै न कुनै कानूनलाई टेकेर गर्नुपर्छ । हामी कानूनी राज्यमा छाँै । आम नेपाली जनतालाई स्पष्ट पारिदिनुहोला की कुन कानूनमा टेकेर यो राजश्व अनुसन्धानबाट सिआईबीमा लैजानुभयो । यति ठूलो मात्रामा सुन तस्करी भएको इतिहासमै यो सबैभन्दा ठूलो अपराध हो । यो लामो समयदेखि निरन्तर चलिरहेको छ, एउटै कम्पनीले यति धेरै सुनहरु ल्यायो ।

यसको मतलव विभिन्न निकायको मिलोमतो छ । यस्तो मिलेमतो गर्दा सुरक्षा निकायको मिलेमतो नहुने त कुरै रहेन । सुरक्षा निकायको मिलेमतो र मुलुककै यति ठूलो तस्करीको कुराकानी गर्दा सामान्य त्यहाँ भएका कर्मचारीले मात्रै यो सम्भव भएन । जहाँ अनुसन्धानले छापा मार्‍यो त्यहाँ भएका सामानहरु हेर्ने हो भने विभिन्न सामानहरु आएका छन् । सामान एउटा छ र भित्र सुन राखिएको छ । १८/१९ पटक त एउटै कम्पनीको देखियो । सुरक्षा निकायदेखि लिएर भन्सारको ठूलो सहभागिता छ ।

मन्त्रालयस्तरमा कसको छ सहभागिता म भन्न सक्दिन तर यति ठूलो तस्करीमा उच्च भन्दा उच्च तहको संलग्नता छ भन्नेकुरा कहीँ कतै कसैसामु लुकेको छैन । अहिले अनुसन्धान गरिरहरँदा अहिले बहाल रहेको सचिव स्तरका हुन् वा प्रहरी प्रमुख नै किन नहुन्, उहाँहरुको कुनै न कुनै संलग्नता छ की छैन भन्नेकुरा शंकाको विषय भयो । भन्सारको होल सेटबाहेक केही मानिसलाई मात्र हटाएर यो अनुसन्धान अघि बढाउँदा यो अनुसन्धानमा कतिको न्याय होला । फोरेन्सिक ल्याबबाट आएको रिपोर्ट आम नेपाली जनताले हेर्न पाउनुपर्छ, त्यो जस्ताको त्यस्तै सार्वजनिक गरियोस् ।’

त्यस्तै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक पार्टीका आफ्ना स्वार्थका कारण संसद चल्न नसकेको बताउनु भयो । उहाँले राजनीतिमा रजाईं गरिरहेका सत्तासिन दलहरुका कारण नै संसद बन्धक बनेको बताउनु भयो । प्रमुख सचेतक परियारले अहिलेका राजनीतिकहरुले नै लोकतन्त्रमाथि धोका दिइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लामो संघर्षबाट स्थापित गरिएको यो व्यवस्थामा तपाई हामी सबैले देखेका छौँ, बारबार राजनीतिक पार्टीहरुले यो व्यवस्थाउपर धोखाधडी गर्दै आएका छन् । आज तेस्रो दिन पनि संसद चल्न सकेन । हामीले जनताका मुद्दा लिएर आएका थियौँ । अहिले बाढी पहिरोले जनता हराएका छन् । कतिको मृत्यु भएको छ । बाढीले विचलित छन्, तर राजनीतिक पार्टीका आफ्ना स्वार्थका कारण आज पनि संसद चलेन । हाम्रो यसमा घोर विमति छ । हामीले सम्माननिय सभामुखज्युलाई भन्यौँ, सदन चलाउनुपर्छ ।

यस बीचमा सभामुखज्युको प्रयास पनि अनुकरणीय रह्यो । तर राजनीतिक पार्टीहरु विशेष गरी हिजो लामो समयदेखि नेपालको राजनीतिमा रजाईं गर्ने सत्तासिन यी दलहरुको जडताका कारण आज पनि संसद चल्न सकेन । हामीले हाम्रो कुरा गर्न पाएनौँ । तसर्थ हामी यो संसदको अगाडि सम्माननीय सभामुखज्युलाई सम्बोधन गर्दै हाम्रो कुरा यहाँ राख्नेछाँै । संसदलाई यसरी बन्दी बनाइरहन पाइँदैन । हामीलाई स्वीकार्य छैन ।’

पार्टीकी सांसद सुमना श्रेष्ठले समाज विभाजनको बाटोमा लगेर राजनीति नचल्ने बताउनु भयो । उहाँले सामाजिक आक्रोश कम गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनता भोटिङ बैंक मात्रै हुँदै होइनन् । भोट बैंक सुरक्षित गर्न कसरी हुन्छ विवादित गरिरहने, हुँदै नभएको कुरा भनिदिने । जहिले पनि विभाजनको बाटोमा लागेर राजनीति चल्दैन । अब समाजलाई जोड्नुपर्छ । संवेदनशील हुनुपर्छ । सामाजिक आक्रोश कम गर्नुपर्छ ।’

सांसद श्रेष्ठले जनतालाई भोटिङ बैंक मात्रै सम्झने कुरा गलत भएको दाबी गर्नुभयो ।