७ श्रावण २०८३, बिहीबार
,
Latest
देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु त्रिभूवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा (तस्बिरहरु) देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत… ज्येष्ठ नागरिकको अधिकार प्रत्याभुतिका लागि छुट्टै संरचना आवश्यक–न्यायाधीश हरि फुयाँल आन्तरिक विवादमा जेलिएको काँग्रेस फुटको डिलमाः सभापति थापाको लचकता बिना एकता कठिन लागुऔषधसहित चार जना पक्राउ सुनचाँदीको मूल्य सामान्य वृद्धि विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई प्राधिकरणद्वारा १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति बाढीपहिराले सात जिल्लाका प्रमुख सडक अवरुद्ध नेपालगञ्जबाट चार लाख भारतीय रकमसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफैं औषधि किनेर खाँदा ठूला क्षति



अ+ अ-

बुटवल । बुटवल गोलपार्कका ५८ वर्षीय पुरुषलाई सामान्य ज्वरो आयो। घरमै रहेको सिटामोल खाएपछि हल्का भएको ज्वरो फेरि अर्को दिन आयो। फेरि औषधि खाए। अर्को दिन शरीर दुख्यो। अनि सामान्य खोकी पनि लाग्यो।

शरीर कमजोर हुँदै गए पनि उनी कोरोना परीक्षण गर्न गएनन्। छैटौं दिन उनी उठ्नै सकेनन्। अक्सिजनको तह ८० भन्दा तल पुगिसकेको थियो। परिवारका सदस्यले घरमै अक्सिजन पु¥याएर दिए। तर, उनमा केही सुधार भएन। केही समयमै उनलाई लुम्बिनी प्रादेशिक अस्पताल पु७थभलसयाए। अस्पतालमा भीडभाडले उनले बेड पाएनन्। 

बेड खोज्दा खोज्दै आधा दिन बित्यो। एम्बुलेन्समा राखिएका उनलाई भैरहवातर्फ लगियो। तर, अस्पतालसम्म पुग्न पाएनन्। एम्बुलेन्समै उनको निधन भयो। प्रादेशिक अस्पताल आएपछि कोभिड परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। ‘बुवाले अस्पताल जान समयमै नमान्दा बचाउन सकिएन,’ उनका छोराले भने।

बुटवल–११ का दीपक ज्ञवाली १० वैशाखमा ज्वरो आएर मेडिकल पुगे। मेडिकलका चिकित्सकले उनलाई टाइफाइड ज्वरो भन्दै औषधि दिए। दुई दिन खाए, ज्वरो निको भएन। उनका दाजु फेरि मेडिकल पुगे र भाइलाई सुधार नभएको बताए। मेडिकलका चिकित्सकले सात दिनको औषधि खाए ठीक हुन्छ भनेर फर्काए। बिहेको तरखरमा रहेका उनी ज्वरो आउँदासमेत केटी हेर्न गुल्मी पुगे। वैशाख १५ गते औषधि खाएरै बिहे मण्डपमा बसे। उनको स्वास्थ्य कमजोर भयो। बिहे मण्डपबाटै उनलाई अस्पताल लगियो। तर, अस्पतालबाट फर्किएनन्। आईसीयूमा पुगेका उनको २९ गते मृत्यु भयो।

कोरोना महामारीका बेला मिल्दोजुल्दो लक्षण देखिए पनि मेडिकल तथा आफैं औषधि किनेर खाँदा भएका ठूला क्षतिका उदाहरण हुन् यी। लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सकका अनुसार अन्तिम अवस्थामा आउने धेरै बिरामीको उपचारका क्रममा मृत्यु भएको छ। प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा। नन्दु पाठकले यो समयमा कोरोनाका लक्षणहरूलाई कमजोर आँकलन गर्नै नहुने बताए।  यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।