१ आश्विन २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साधारण सदस्यसमेत नरहने गरि नेपाल र खनाल पार्टीबाट निष्कासित



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले बरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ ।

आज बसेको स्थायी कमिटीको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो ।

पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा उहाँहरुलाई पार्टीबाट निष्कासन गरिएको हो । 

निष्कासनमा पर्नेमा सांसद रामकुमारी झाँक्री,मुकुन्द न्यौपाने,कलिला खातुन,सरला यादव,पुष्पाकुमारी कर्ण,निरादेवी जैरु,पुष्पा कर्ण कायस्थ र कल्याणी खड्का समेत रहनुभएको छ ।