२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानको राष्ट्रपतिमा सात जना उम्मेदवार



अ+ अ-

एजेन्सी । इरानमा आगामी जुन १८ मा सम्पन्न हुने राष्ट्रपतिको चुनावका लागि सात जना उम्मेदवार छनौटमा परेका छन् । 

सिफारिस गरिएका उम्मेदवारहरुमा इरानका प्रधानन्यायाधीश समेत अन्य छ जना रहेका छन् तर वर्तमान राष्ट्रपतिको गठबन्धनका व्यक्तिलाई उम्मेदवारको सूचीबाट हटाइएको छ । 

इरानी टेलिभिजनले न्यायपालिका प्रमुख इब्राहिम रैसीलाई मुख्य उम्मेदवारका रुपमा घोषणा गरेको छ । उहाँले भ्रष्टाचार विरोधी अभियानमा शसक्त भूमिका खेलेको भन्दै आमजनताले उहाँका कार्यको प्रशंसा गर्ने गरेका छन् । रैसीलाई ८२ वर्षीय इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको पनि समर्थन रहेको बताइन्छ । 

तर इरानको गार्डियन काउन्सिलले वर्तमान राष्ट्रपति हसन रौहानीको समर्थन प्राप्त पूर्व सभामुख अलि लारिजानीको उम्मेदवारी खारेज गरिदिएको छ । लारिजानीले आफू व्यवहारिक नेता भएको र सन् २०१५ को आणविक सम्झौताको पक्षधर भएको बताउँदै आउनु भएको थियो । लारिजानीले गार्डियन काउन्सिलको निर्णय विरुद्ध उजुरी नगर्ने सङ्केत गरिसक्नु भएको छ । 

लारिजानीले ट्वीटरमा लेख्दै आफूले इश्वर र राष्ट्रका लागि इमान्दारीपूर्वक काम गरिसकेको र आफू त्यसैमा सन्तुष्ट रहेको बताउनु भएको छ । गार्डियन काउन्सिलले अस्वीकार गरेका अन्य व्यक्तिहरुमा पूर्व राष्ट्रपति महमुद अहमदिनेजाद र रौहानीका वरिष्ट उपराष्ट्रपति इशाक जहाँगिरी पनि रहनु भएको छ । 

सर्वोच्च नेता खामेनीको नेतृत्वमा रहेको १२ सदस्यीय गार्डियन काउन्सिलले राष्ट्रपतिका उम्मेदवारहरुको चयन गर्ने गर्दछ । सन् २०१७ को राष्ट्रपति चुनावमा पराजित भएका रैसीलाई खामेनीले सन् २०१९ मा न्यायपालिकाको प्रमुखको रुपमा नियुक्त गर्नु भएको थियो ।

गार्डियन काउन्सिलले सिफारिस गरेका अन्य उम्मेदवारहरुमा पूर्व आणविक मध्यस्थकर्ता सईद जलिलि, पूर्व रिभोल्युसनरी गार्डका कमान्डर मोहसिन रेजाई, पूर्व सांसद अलि रेजा जकानी, सांसद अमिर होसेन घाजीजादेह, पूर्व प्रान्तीय गभर्नर मोहसिन मेहरालिजादेह र इरानको केन्द्रीय बैंकका गभर्नर अब्दोलनासेर हेमाटी रहनु भएको छ ।