२३ असार २०८३, मंगलवार
,
Latest
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. महतद्वारा नुवाकोटको अस्पताललाई बेड हस्तान्तरण



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले नुवाकोटको खरानीटार अस्पतालका लागि आज छ थान बेड हस्तान्तरण गर्नुभएको छ ।नुवाकोटको तादी गाउँपालिकामा पर्ने सो अस्पतालका लागि सो गाउँपालिका तथा खरानीटार अस्पतालका अध्यक्ष नारायण पाण्डेमार्फत् ती बेडहरु आज हस्तान्तरण गर्नुभएको हो । 

सो अवसरमा सहमहामन्त्री डा.महतले देश महामारीको चपेटामा परेको समयमा सरकार सत्ता केन्द्रित बनेको नमिठो यथार्थ सबैले देखे भोगेकै विषय हो भन्दै सानो मात्रामा भए पनि यी सामग्रीले स्थानीय विरामीहरुका लागि सहयोग पुग्ने अपेक्षा गरेको बताउनुभयो । 

उहाँले महामारीले देश र जनता आक्रान्त बनेको यस अवस्थामा सरकारले जनताको जीवन बचाउनका लागि प्रभावकारी रुपमा काम गर्न नसकेको कुरा सबैमा जगजाहेर रहेको भन्दै यस्तो बेलामा नेपाली काँग्रेसले देशैभरि आफ्ना संयन्त्रहरु परिचालन गरी उपचारका लागि सहजीकरण गर्ने तथा जनताको अवस्थाका बारेमा घच्घचाउने काम गरिरहेको उल्लेख गर्नुभयो ।

काठमाडौंमा भएको त्यस हस्तान्तरण समारोहमा नेपाली काँग्रेसका महासमिति सदस्य बिना महत, नेपाली काँग्रेस नुवाकोटका नेता अर्जुन न्यौपानेलगायतको उपस्थिति थियो ।