७ श्रावण २०८३, बिहीबार
,
Latest
सुनचाँदीको मूल्य सामान्य वृद्धि विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई प्राधिकरणद्वारा १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति बाढीपहिराले सात जिल्लाका प्रमुख सडक अवरुद्ध नेपालगञ्जबाट चार लाख भारतीय रकमसहित एक जना पक्राउ काठमाडौंमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठाकुर र महतो हरेक दुई/तीन दिनमा प्रधानमन्त्रीलाई भेट्न बालुबटार किन पुग्छन ?



अ+ अ-

काठमाडौं । जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन। प्रधानमन्त्रीलाई भेट्न ठाकुर र महतो बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। ठाकुर र महतो हरेक दुईरतीन दिनमा प्रधानमन्त्रीलाई भेट्न बालुबटार पुग्छन्।

ठाकुर–महतो खेमा सरकारमा जान लागेको छ। बिहीबारको भेट मन्त्रालय बाँडफाँट टुंगो लगाउन केन्द्रित भएको ठाकुर पक्षले जनाएको छ। ठाकुर पक्षले ८ वटा मन्त्रालय मागेको छ। 

ठाकुर पक्षका नेता सुरेन्द्र झाले मन्त्रालयको विषयभन्दा पनि जसपाले उठाएका मुद्दा सम्बोधन गर्न, कोरोना महामारी नियन्त्रण गर्ने, संविधान संशोधन कार्यदलको कार्यविधि बनाउने विषयमा छलफल गर्न ठाकुरलगायत बिहीबार बालुवाटार गएको बताए। ठाकुरसँगै महतो, शरतसिंह भण्डारी र अनिल झा पनि बालुवाटार गएका थिए। यो समाचार नागरिक दैनिकमा छ ।