२२ असार २०८३, सोमबार
,
Latest
पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय गोलमा सुनील क्षेत्रीले मेसीलाई उछिने



अ+ अ-

एजेन्सी । भारतीय राष्ट्रिय फुटबल टिमका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय गोल संख्यामा अर्जेन्टिनी तथा स्पेनिस क्लब बार्सिलोनाका स्टार फुटबल खेलाडी लियोनल मेसीलाई उछिनेका छन् । 

विश्वकप छनोटअन्तर्गत सोमबार दोहास्थित जसिम बिन हमाद रंगशालामा बंगलादेशविरुद्धको खेलमा २ गोल गर्दै क्षेत्रीले मेसीलाई उछिनेका हुन् । 

उक्त खेलमा भारत २–० ले विजयी बनेको थियो । क्षेत्रीको उत्कृष्ट प्रदर्शनमा विश्वकप २०२२ को छनोटमा भारतले पहिलो जित पनि हात पारेको छ । भारतले खेलेका ७ मध्ये यसअघि ३ खेलमा बराबरी र ३ मा हार ब्यहोरेको थियो । 

योसँगै सुनीलले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ७४ पुर्‍याएका छन् ।

सन् २००५ को जुन १२ मा पाकिस्तानविरुद्धको खेलमा डेब्यु गरेका उनले अहिलेसम्म ११७ वटा अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।  

समूह ‘ई’ मा रहेको भारत ६ अंकसहित तेस्रो स्थानमा छ । समूहमा कतार २२ अंकसहित पहिलो र ओमान १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

यता मेसीले भने गत बिहीबार चिलीविरुद्ध पेनाल्टीमार्फत गोल गर्दै आफ्नो गोलसंख्या ७२ पुर्‍याएका थिए । मेसीले अर्जेन्टिनाबाट १४३ खेल खेलेका छन् । सक्रिय खेलाडीमध्ये भने पोचुर्गलका क्रिस्टियानो रोनाल्डोको नाममा सबैभन्दा बढी १०३ अन्तर्राष्ट्रिय गोल रहेको छ । रोनाल्डोले पोर्चुगलका लागि १७४ खेल खेलेका छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी इरानका अली दाई हुन् । उनले १४९ खेलबाट १०९ गोल गर्दै कीर्तिमान बनाएका छन् ।