एजेन्सी । कोरोना भाइरसका नयाँ संक्रमितहरुको संख्यामा कमि आएपछि भारतमा विभिन्न राज्यहरुमा लकडाउनलाई खुला गरिँदै आएको छ ।
करिब एक महिनापछि बिहारमा पनि लकडाउन खुला गरिएको छ । यद्यपि बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालिन कफ्र्यु भने जारी रहनेछ ।
५० प्रतिशत कर्मचारी राखेर सरकारी तथा निजि कार्यालयहरु बेलुका ४ बजेसम्म, पसलहरु ५ बजेसम्म खुल्नेछन् ।