२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैद्यको अभिव्यक्तिमा एमालेको भर्त्सना, फौजदारी कानुन आकर्षित हुन सक्छ !



अ+ अ-

काठमाडौं । वाग्मती प्रदेश सभा सांसद नरोत्तम वैद्यले दिएको अभिव्यक्ति प्रति नेकपा एमालेले भर्त्सना गरेको छ । शनिबार पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै सांसद वैद्यले दिएको अभिव्यक्ति प्रति भर्त्सना जनाएका हुन् । 

सांसद वैधदे प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने बारे दिएको अभिव्यक्तिलाई एमालेले अत्यन्त गम्भीर रुपमा लिएको विज्ञप्ति उल्लेख छन् ।

विज्ञाप्तिमा भनिएको छ ‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ ।’

यस्तै  ‘उक्त अभिव्यक्तिको घोर भ्रसना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।’

वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको मनोमानी बढेको भन्दै उनको लागि एक जना नाथुराम गोट्सेको आवश्यकता परेको विवादास्पद अभिव्यक्ति दिएका थिए । नाथुराम गोट्से तिनै व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीको हत्या गरेका थिए ।