काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ४९४ जनाको परीक्षण गर्दा ३ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ८ हजार ५०६ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ३८२ जना र ५ हजार ९८८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार २ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६ लाख २६ हजार ५३५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ६ हजार २९५ जना निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख २७ हजार १११ पुगेको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप ६१ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ३६६ पुगेको छ ।











