२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली माथी घेराबन्दी भयो , पार्टी अन्तरकलहको सिकार भए : पृथ्वीसुब्बा गुरुङ



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका  निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कुर्सी प्राप्तीका लागि बनेको गठधबन्धन लामो समय सम्म टिक्क नसक्ने बताउनु भएको छ । आईतबार बिहान पत्रकार सम्मेलन गर्दे निवर्तमान मुख्यमन्त्री गुरुङ्गले  बिपक्षीमा रहदा एक भएका दलहरु सत्तामा पुगेपछि फेरी छुट्टिनु नौलो नभएका कारण गठबन्धन लामो समय सम्म नजाने अनुमान गर्नुभयो ।  

उहाँले भन्नुभयो प्रदेश सरकार पुरा कार्यकाल चल्नु पर्थो त्यो भएन तर प्रदेशसभाले पुरा कार्यकाल संञ्चालन हुनु पर्छ भनेर आफूले सबैधानिक रुपमा मार्गप्रसस्त गरेको जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो सरकार परिबर्ततन हुन सक्छ तर प्रदेशसभा पुरा कार्यकाल चल्न पाउनु पर्छ ।  यसले नै संघीयताको कार्यन्वयनको पुष्टि हुन्छ । 

पार्टी भित्रको अन्तरकलहका कारण आफूसरकार बाट बाहिरिन परेको भन्दै गुरुङ्गले भन्नुभयो आफनो दलको प्रधानमन्त्रीलाई हटाएर बिपक्षीदलका नेतालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्ने हरु ने समस्याको जड हुन् । केपी ओलीका पनि केही कमजोरी होलान् तर उहाँलाई सरकार बनेदेखी नै घेराबन्दी गर्ने अरु नेताहरु पानी माथीको ओभानो हुन् त ? उहाँले प्रश्न गर्नुभयो  । 

राजनीतिक रुपमा ईगोको समस्या छ ओली मात्र होईन सबै नेता सच्चिनु पर्छ  नेता गुरुङ्गले भन्नुभयो ।  दिपक मनाङ्गको भूमिकाका बारेमा संञ्चारकमीहरुले राखेको जिज्ञासाम नेता गुरुङ्गले भन्नुभयो  रत्नकार डाकु बाल्मीकी बने । सुध्रन खोज्नेलाई अबसर दिनु पर्छ भनेर सहयोग गरेको हो तर सबै डाकुहरु बाल्मीकी हुदो रहेनछ, धतुरोको रोपेपछि अमृत फल्दैन उहाँ को अबस्था त्यही हो ।  प्रमुख प्रतिपक्षदलका नेता समेत रहनु भएका गुरुङ्गले नयाँ मुख्यमन्त्रीलाई शुभकामना दिदै संघीयताको मर्म अनुसार काम गर्न सुझाब दिनुभयो । उहाँले भन्नुभयो रचनात्मक प्रतिपक्षका रुपमा सधै सहयोग रहन्छ ।