६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेल सञ्चालनका लागि तयार हुन निर्देशन



अ+ अ-

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोभिड–१९ महामारी कम भएपछि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने  बताएका छन् । सो रेल सेवा सञ्चालनका लागि जनशक्ति र कानुनलगायतका तयारी भइसकेकाले अब सञ्चालनका लागि समस्या नभएको उनले स्पष्ट मन्त्री   नेम्वाङको सचिवालयले जनाएको छ । 

मन्त्रालयअन्तर्गतका  विभाग  र  कार्यालयको  वार्षिक  समीक्षा कार्यक्रमलाई आइतबार भर्चुअल सम्बोधन गर्दै उहाँले कोभिड–१९ को महामारी सामान्य हुनेबित्तिकै  रेल  सेवा  सञ्चालनमा आउने भएकाले तयारी अवस्थामा रहन नेपाल  रेल्वे  कम्पनीलाई  निर्देशनसमेत  दिए  । उनले भने, “सरकारले गर्नुपर्ने सबै किसिमको सहजीकरण गरिसकेको छ ।”  

रेलमार्ग  निर्माणका  क्रममा  विभिन्न स्थानमा देखिएका जग्गा मुआब्जाको समस्या समाधानका लागि  सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी समाधान  खोज्न रेल विभागलाई निर्देशन दिँदै उनले रेल सञ्चालन हुन  लागेको  स्थानसम्म  पहुँच सडकको निर्माण अघि बढाउनुपर्ने बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।