काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापालाई पुर्नवबहाली गर्न दिएको अन्तरिम आदेश विरुद्ध परेको भ्याकेट (पुनरावलोकन) निवेदनमाथि आज सुनुवाई हुँदैछ।
न्यायाधीशद्धय विश्वम्भर श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाई तोकिएको हो।
अदालतको अन्तरिम आदेशविरुद्ध प्रदेशसभा सभामुख नेत्रराज अधिकारीसहित, प्रदेशसभा सचिवालय र राष्ट्रिय जनमोर्चाको तर्फबाट अलग-अलग भ्याकेटका निवेदन परेका छन् ।
सांसद थापाले पार्टीको निर्देशन उल्लघंन गरेको भन्दै पार्टीले उनलाई कारवाही गरेको थियो । अदालतले भने थापालाई पुनर्वहालीको आदेश दिएको थियो ।