कैलाली । कञ्चनपुरमा खेतमा रोपाइँ गर्ने क्रममा सर्पले टोकेर एक जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो खेतमा रोपाइँ गर्ने क्रममा दोधारा चाँदनी नगरपालिका-८ का ४९ वर्षीय दुर्गाबहादुर थापाको सर्पले टोकेर मृत्यु भएको हो ।
उनी आफ्नै खेतमा रोपाइँ गर्ने क्रममा सर्पले हातमा टोकेको थाहा पाएपछि उपचारका लागि महाकाली अस्पताल भर्ना भएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धनगढी रेफर गरिएको थियो ।
प्रहरीका अनुसार धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।