२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सांसद थापाको पद खारेज



अ+ अ-

काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापाको पद खारेज भएको छ । सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले  सोमबार खारेज गरेको हो । 

अदालतको अन्तरिम आदेशविरुद्ध प्रदेशसभा सभामुख नेत्रराज अधिकारीसहित, प्रदेशसभा सचिवालय र राष्ट्रिय जनमोर्चाको तर्फबाट अलग(अलग भ्याकेटका निवेदन परेका थिए । पुर्नवबहाली गर्न दिएको अन्तरिम आदेश विरुद्ध परेको भ्याकेट (पुनरावलोकन) निवेदनमाथि सुनुवाई गर्दै सांसद थापाको पद खारेज भएको हो ।

न्यायाधीशद्धय विश्वम्भर श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा तोकिएको सुनुवाईको आदेश सँगै थापाको पद गएको छ ।